बुटवल, १ फागुन । बुटवलमा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । फागुन ३ र ४ गते बुटवलको सिद्दार्थ कटेजमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने फेयरको तयारी तीव्र पारिएको आयोजकले जनाएका छन् ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि इभेन्ट कम्पनी ‘वान अप’ ले आयोजना गरेको फेयरको यो तेस्रो संस्करण हो । प्रवेश निशुल्क रहेको फेयरमा वैदेशिक उच्च शिक्षा अध्ययनका लागि रोजाई रहेका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएकोे आयोजक ‘वानअप’का म्यानेजर भोला पोखरेलले जानकारी गराउनु भयो ।
बुटवल र आसपासका ‘प्लस टु’ उत्तिर्ण विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै यो शैक्षिक फेयर आयोजना भएको हो । फेयरमा सहभागी भएर विद्यार्थी र अभिभावकहरुले वैदेशिक शिक्षा र त्यसको लागि आवश्यक ‘प्रोसेसिङ’को बारेमा जानकारी लिन सक्नेछन् । ‘एउटै स्थानमा धेरैवटा अनुभवी शैक्षिक परामर्श केन्द्र र विदेशी कलेज तथा यूनिभर्सिटीको प्रतिनीधिहरुबाट जानकारी लिन पाउने अवसर हुने भएकोले विद्यार्थीहरुका लागि यो निकै लाभदायक छ ।’
आफ्नै शहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनीधिहरुसँग साक्षात्कार गरि त्यहाँको बारेमा जानकारी लिन सक्ने भएकोले विद्यार्थी र अभिभावकहरुले पनि निकै चासो दिएको आयोजकले जनाएको छ । फेयरमा उत्कृष्ट कलेज र युनिर्भ्िसटि तथा कन्सल्टेन्सिहरुसहित शैक्षिक परार्मश दातृ संस्था, आईडिपि अष्टे«लिया लगायत सहभागी छन् । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्दे्िशका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु रहेको आयोजकले जनाएको छ ।
आईडिपि आइएलटीएस प्रस्तुती रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएको छ । विद्यार्थीहरुलाई उपहारै उपहार प्रत्येक दिन फेयर आउने हरेक विद्यार्थीहरुलाई विशेष उपहारसहितको विशेष अफरहरु पनि रहेको आयोजकले जनाएको छ । फेयरमा आउने सुरुका ५ सय जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ ।
त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीलाई विशेष बम्पर उपहार समेत व्यवस्था गरिनेछ । ‘आइएलटिएस’ विशेष तयारी कक्षा साथै फागुन ४ गते ‘आइएलटिएस’ अष्ट्रेलियाको आयोजनामा ‘आइएलटिएस’ विशेष तयारी कक्षा समेत आईडीपि अष्ट्रेलियाकै प्रतिनिधिबाट गराउने वन अफले जनाएको छ ।
भने टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । योसंगै फेयरमा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । यस फेयरमा विभिन्न कलेज तथा युनिर्भ्िसटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो फेयर आयोजना गरिएको ‘वान अप’ ले जनाएको छ ।