मेघा एजुकेशन फेयरमा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति

1.3K

मेघा एजुकेशन फेयरमा विद्यार्थीहरुको  उत्साहजनक उपस्थिति

बुटवल, फागुन । तेस्रो मेघा एजुकेशन फेयर बुटवलमा सुरु भएको छ । बुटवलको सिद्धार्थ कटेजमा शुक्रबार विहान १० बजे देखि मेला सुरु भएको हो । १६ वटा विभिन्न शैक्षिक परामर्सदाताहरुको सहभागीता रहेको छ । पहिलो दिन नै विद्याथीहरुको बाक्लो सहभागीता रहेको छ । विहान देखि जिल्लाका सामुदायिक तथा नीजी कलेजमा अध्यायरत तथा अध्यायनपुरा गरेका विद्यार्थीहरुको सहभागीता रहेको आयोजक संस्था वान अफ प्रालिका प्रबन्धक भोला पोखरेलले जानकारी दिनुभयो ।

उहाका अनुसार बुटवलमा तेस्रो पटक आयोजना गरिएको मेलामा विद्याथीहरुले अष्टोलिया, न्युजिल्याण्ड, जापान, युएस लगायत भारत, क्यानेडा लगायतका देशहरुको बारेमा जानकारी लिएका थिए । विद्यार्थीहरुले विभिन्न देशको स्थीति, रहन सहन, भिजा प्रक्रिया, स्कलरसिप, लगायतको विषयमा जानकारी लिएका थिए ।

वान अप प्रा. लि.को आयोजनामा मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसाप्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो । मेगा शैक्षिक मेलामा उत्कृष्ट कलेज र युनिभरसिटि तथा कन्सल्टेन्सिहरु गरि १६ संस्थाहरुको सहभागीता रहेको वान अप प्रा. लि. का प्रवन्धक पोखरेलले बताउनु भयो ।

आइडिपि एजुकेशन नेपाल रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउनको साथै आइडिपि एजुकेशन नेपालले आयोजना गर्ने आईडीपी आइक्ष्म्ए क्ष्भ्ीत्क् ःब्क्त्भ्च्ऋीब्क्क् मा सहभागी हुन सक्नेछन् ।

फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर र दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिईएको छ । फेयरमा विद्यार्थी तथाअ भिभावकले निःशुल्कप्रवेश गर्न पाउने छन् भने प्रथम ५०० आगन्तुकले आकर्षक उपहार र द्वारिका उदय सीनेमाकोे टिकेट प्राप्त गर्नेछन्।