बुटवलको एन्फा टेक्निकल सेन्टर बैशाखदेखि सञ्चालन हुने

1.3K

बुटवलको एन्फा टेक्निकल सेन्टर बैशाखदेखि सञ्चालन हुने

बुटवल, ४ फागुन । एन्फा एकेडेमी बुटवलको बन्द रहेको टेक्निकल सेन्टर आगामी बैशाखबाट स्तरबृद्धि सहित सञ्चालनमा आउने भएको छ । बुटवल ११ देवीनगरमा एन्फा एकेडेमीले सञ्चालन गरेको टेक्निकल सेन्टर स्तर बृद्धि गरि प्रदेश स्तरीय बनाएर आगामी बैशाखबाट सञ्चालन गरिने अखिल नेपाल फूटवल संघका अध्यक्ष कर्मा छिरिङ् शेर्पाले जानकारी गराउनु भयो ।

टेक्निकल सेन्टरमा एन्फाले केन्द्रबाट बिद्यार्थी छनौट गरेर टेक्निकल सेन्टरमा पठाउने गर्दछ । टेक्निकल सेन्टरलाई स्तरबृद्धि गरि प्रदेश स्तरीय बनाएपछि एन्फाले छनौट गरेका ४० जना बिद्यार्थीलाई अध्ययनसंगै फूटवल खेलको तालिम प्रदान गरिने छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको तथा अखिल नेपाल जिल्ला फूटवल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु भएको २१ औं श्रीङ्खलाको तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा आउनु भएका एन्फाका केन्द्रीय अध्यक्ष शेर्पाले बन्द रहेको बुटवल टेक्निकल सेन्टरको सञ्चालनसंगै रंगशालाको स्तरबृद्धि, छात्रावास व्यबस्थापन, स्थायी प्याराफिट निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।