दीप खेलकुद पत्रकारिता पुरस्कार भुसाललाई

1K

दीप खेलकुद पत्रकारिता पुरस्कार भुसाललाई


बुटवल, फागुन । बुटवल–८, सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले स्थापना गरेको दीप खेलकुद पत्रकारिता पुरस्कार–२०७५ पत्रकार यमलाल भुसालले प्राप्त गर्नुभएको छ ।

खेलकुद क्षेत्रको समाचार लेखन, सम्प्रेषण तथा खेलकुदको विकासका लागि महत्वपुर्ण योगदान पु¥याएको भन्दै सोमवार विद्यालयको ३८ औं स्थापना दिवस तथा आठौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिताको फाईनल छनौट कार्यक्रममा पत्रकार भुसाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यले संयुक्त रुपमा नगद १० हजार र सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो ।
पत्रकार भुसाल विगत लामो समय देखि काठमाण्डौबाट प्रकाशित हुने नेपाल समाचारपत्र दैनिक र दाङ्गवाट प्रकाशित हुने नयाँ युगवोध दैनिकमा कार्यरत हुनुहुन्छ । यसअघि पत्रकार सुमन अधिकारी, दिपक न्यौपाने र स्वस्तिक श्रेष्ठ यो पुरस्कावाट पुरस्कृत भईसकेका छन् ।