नवरत्न माविको ५८ औं वार्षिकोत्सव : चन्दादातालाई सम्मान

719

नवरत्न माविको ५८ औं वार्षिकोत्सव : चन्दादातालाई सम्मान


बुटवल, फागुन । बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलार स्थित नवरत्न माध्यमिक बिद्यालयले बिद्यालयमा आर्थिक सहयोग गर्ने चन्दा दातालाई सम्मान गरेको छ ।

बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा पूर्वाधार निर्माणकालागि आर्थिक संकलनार्थ २०६३ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञमा बिद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दा दाताहरुलाई मंगलबार बिद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

बिद्यालयमा सबैभन्दा बढी बुटवल १५ उजेलापुरका शरदमान सिंमाङ्गैडाले १२ लाख ५१ हजार १ सय रुपैंया सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँ सहित २५ हजार रुपैंया बढी आर्थिक सहयोग गर्ने दातालाई प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी तथा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरिध्वज मल्लले सम्मान गर्नुभएको हो ।

बिद्यालय सुधारकालागि २५ हजार भन्दा बढी आर्थिक सहयोग गर्ने १२९ जना तथा समग्रमा १ हजार २ सय बढी व्यक्तिबाट ९६ लाख रुपैंया आर्थिक सहयोग प्राप्त भएको बिद्यालयका कर्मचारी गंगा नेपालले जानकारी गराउनु भयो । सोही अवसरमा बिद्यालयका शिक्षक, कर्मचारी, पूर्व बिद्यार्थीलाई सम्मान गर्नुका साथै बिद्यालयका उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले बिद्यालय सुधारका लागि समुदायमा रहेका व्यक्तिहरुबाट भएको सहयोगको प्रशंसा गर्दै त्यस्ता व्यक्तिहरुलाई सम्मान गरेर बिद्यालयले उत्साह थप्ने काम गरेको बताउनु भयो । उहाँले मुलुकको बिकासको आधार शिक्षा भएको बताउँदै गुणस्तरीय शिक्षाकालागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

त्यस्तै प्रदेश सांसदहरु पुप्पा चौधरी तथा तुलसी चौधरीले बिद्यालयको चौतर्फी बिकासकालागि आफूहरुले आफ्नो स्थानबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश पाँच सामाजिक बिकास मन्त्रालय शिक्षा निर्देशनालयका निर्देशक जीतबहादुर शाहले शिक्षाको गुणस्तर अंग्रेजी माध्यममात्रै नभएको बताउँदै नेपाली माध्यममै पठन पाठन गराएपनि प्रतिस्पर्धी क्षमताका बिद्यार्थी उत्पादन भएमात्रै गुणस्तरको मापन हुने उल्लेख गर्नुभयो । शिक्षाको बिकासकालागि मन्त्रालयबाट आवश्यकता अनुसारको सहयोग भईनै रहने समेत उल्लेख गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरिध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्य, रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, बुटवल नगरपालिका शिक्षा बिभाग प्रमुख लोकराज पन्थी, प्रेमनारायण पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्राचार्य हेमराज आचार्यले कक्षा ८ देखि १२ सम्म पठन पाठन हुँदै आएको कृषि बिज्ञानलाई स्तरोन्नती गरि बिएसी एजी सम्म पु¥याउने सहितका बिद्यालयका शैक्षिक तथा भौतिक सुधारका कार्यक्रम अंगाडी सार्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक पुष्करराज भट्टराईले गर्नुभएको थियो । सोही अवसरमा बिद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।