सांसद वलीको निधन : दुःख व्यक्त

1.3K

सांसद वलीको निधन : दुःख व्यक्त

बुटवल, १० फागुन । दुर्घटनामा परि घाईते प्रदेश पाँचका प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ । गत माघ २४ गते प्रदेश सभा बैठक सकेर बुटवलदेखि दाङ् पुगेका सांसद वली दाङ्को लमहीमा सवारी दुर्घटनामा गरि घाईते हुनु भएको थियो । घाईते सांसद वलीको उपचारका क्रममा काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा बिहिबार राती निधन भएको हो । सांसद वली तत्कालिन एमाले एमाओवादी गठबन्धनबाट दाङ् क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित हुनु भएको थियो ।
उहाँको निधनपछि शुक्रबार प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले शोक विज्ञप्ती जारी गरी वलीले प्रदेश सभामा खेलेको भूमिका र समाजमा पु¥याएको योगदानका कारण प्रदेश सभामा अपूर्णनीय क्षेती पुगेको उल्लेख गर्नुभएको छ ।
उहाँले शोक विज्ञप्ती मार्फत दिवंगत वलीप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सांसद वलीको निधनमा शुक्रबार एक दिन प्रदेश सभा सचिवालय बन्द गर्नका साथै आफूले कुनै पनि औपचारिक कार्यक्रममा सहभागि नुहने सभामुख घर्तीले उल्लेख गर्नुभएको छ ।
यस्तै प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले पनि शोक विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधनले स्तब्ध गराएको जनाउनु भएको छ । मुख्यमन्त्रीको विज्ञप्तिमा ओलीको निधनले प्रदेशसभाले योग्य र कुशल सदस्य, परिवारजनले एक असल अभिभावक र दाङवासीले भरोसायोग्य नेता गुमाउनु परेको उल्लेख छ । मुख्यमन्त्री पोखरेलले स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तै ५ नं प्रदेश नेपाली काँगे्रस संसदिय दलका नेता बलदेव शर्मा पोखरेलले दुर्घटनामा परि घाईते प्रदेश पाँचका प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधन प्रति दुःख ब्यक्त गर्नुभएको छ । पोखरेलले शोक विज्ञप्ती जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वलीको फागुन १० गते काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा निधन भएको घटनाले नेपाली काँग्रेस प्रदेश सभा संसदिय दलको कार्यालय प्रदेश नं. ५ लाई स्तब्ध वनाएको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा दिवंगत सांसद वलीको आत्माको चिर शान्तिको कामना गर्दै दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गरिएको छ ।
त्यस्तै नेकपा प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद वलीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । ढकालले शोक विज्ञप्ती जारी गर्दै संसदीय दलको तर्फबाट स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभएको छ ।