बुटवल, १२ फागुन । यस क्षेत्रकै लोकपृय बनेको तिलोत्तमा गोल्डकप पुरानो प्रतियोगिता हो । बिभिन्न आरोह अवरोह हुँदै २१ औं संकरणको खेल सञ्चालन भईरहँदा उपाधिकालागि ४ पटक उपाधि उचालिसकेको नेपाल पुलिस क्लव र प्रतियोगितामा पहिलो पटक भाग लिएको दाफिन्स एफसी क्यामरुन प्रतिस्पर्धामा छन् । तर अंघिल्लो वर्षको उपाधि उचालेको थ्रिस्टार भने यो २१ औं संस्करणमा सहभागि भएन ।
तिलोत्तमा गोल्ड कपको सबैभन्दा बढी उपाधि ४ पटक नेपाल पुलिस क्लवले उचालेको छ भने तीन पटक कालिका स्पोर्टिङ् क्लव बुटवलले उचालेको छ । त्यस्तै आयोजक रुपन्देही ११ र नेपाल आर्मी क्लवले समान दुई पटक उपाधि उचालेका छन् । त्यसैगरी सिद्धार्थ खेलकुद परिषद रुपन्देही, ववई फर्टिलाईजर मुम्बई, जनकपुर चुरोट कारखाना लि., आरएनएसी काठमाण्डौ, महिन्दा एण्ड महिन्दा मुम्बई, फ्रेण्ड्स क्लव काठमाण्डौ, जावलाखेल युथ क्लव काठमाण्डौ, सिएमजी संकटा र थ्रि स्टार काठमाण्डौले एक एक पटक उपाधि उचालेका छन् ।