इन्टलेक्च्युअल र ब्रिटिस कलेजबिच शैक्षिक सहकार्य सहमति

884

इन्टलेक्च्युअल र ब्रिटिस कलेजबिच शैक्षिक सहकार्य सहमति

बुटवल १२ फागुन । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमी स्कुल र काठमाण्डौको ब्रिटिस कलेज विचमा शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । ब्रिटिस कलेजका सञ्चालक र इन्टलेक्च्युअल एकेडेमीका संचालकबिच आइतवार बुटवलमा सहमतिमा हस्ताक्षर भएको हो ।
सहकार्यको सहमति पश्चात ब्रिटिस कलेजले इन्टलेक्च्युअलबाट एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई एलेभल पढ्नका लागी छात्रवृत्ती प्रदान गर्ने तथा विद्यालयका शिक्षकको स्तरवृद्घीका लागी आवश्यकता अनुसार तालिममा सहयोग गर्ने सहमति भएको छ ।
इन्टलेक्च्युअल एकेडेमीका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा ब्रिटिस कलेजका निर्देशक महेन्द« कंडेलले आफ्नो कलेजले बिद्यार्थीलाई अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा दिइरहेको बताउदै इन्टलेक्च्युअलसंगको सहकार्य र सहमतिले दुवै संस्थाका लागी राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इन्टलेक्च्युअलका सञ्चालक रामराज पोख्रेलले ब्रिटिस कलेजसंगको सहकार्य र सहमतिले इन्टलेक्च्युअलका विद्यार्थी, अभिभावक र शिक्षकका लागी सुनौलो अवसर भएको बताउनु भयो ।