स्व. पाटाको स्मृतिमा व्याडमिन्टन प्रतियोगिता

1.2K

स्व. पाटाको स्मृतिमा व्याडमिन्टन प्रतियोगिता

बुटवल, १४ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले पत्रकार स्व. देव बहादुर पाटा मगरको १० औं स्मृतिमा रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका बीचमा मैत्रिपूर्ण डबल व्याडमिन्टन प्रतियोगिता गरेको छ । मंगलबार बुटवलमा भएको प्रतियोगितामा आयोजकको तर्फबाट कमल थापा र सुन्दर गुरुङको टिम प्रथम, आयोजककै मिलन गाहा र सुन्दर तरामुको टिम द्वितीय तथा नेपाल प्रेस युनियन रुपन्देहीको यमलाल भुसाल र विश्वास ढकाल, कृषि पत्रकार समाजको घनश्याम गौतम र दिनेश श्रेष्ठको टिम तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, तीन हजार र दुई हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
विजयी खेलाडिलाई पुरस्कार वितरण गर्दै जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले पत्रकार जगतले खेलकुदलाई गरेको मायाप्रति खुसी व्यक्त गर्नुभयो ।
फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष पत्रकार स्व. देव बहादुर पाटाको स्मृतिमा बुटवल ब्याडमिन्टन क्लब नव दिलिप कभर्ड हलमा आयोजना गरिएको खेलमा १० टिमको सहभागिता रहेको थियो ।
कार्यक्रम फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षता तथा उपाध्यक्ष दिपु मगरको सञ्चालनमा सम्पन्न भएको थियो । बुटवलबाट प्रकासित राज्यसत्ता साप्ताहिकका सम्पादक रहेका पत्रकार देवबहादुर पाटाको २०६५ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा ट्रकले ठक्करबाट मृत्यु भएको थियो ।

maitripurna-badminton-game