सरकार ईतिहासमै असक्षम सावित भयो : रज्जाक

535

सरकार ईतिहासमै असक्षम सावित भयो : रज्जाक

बुटवल, १८ फागुन । पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले अहिलेको दुई तिहाईको सरकार ईतिहासकै कमजोर सरकार भएको टिप्पणी गर्नुभएको छ । नेकपा अध्यक्ष केपी ओली नेतृत्वको अहिलेको सरकार दुई तिहाईको शक्तिशाली बनेपनि ईतिहासमै कमजोर र असक्षम सावित भएको उहाँले आरोप लगाउनु भयो ।
नेपाल बित्तिय संस्था कर्मचारी संघ नेपाल कृषि बिकास बैंक पाँच नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनको शनिबार रुपन्देहीको मंगलापुरमा उद्घाटन गर्दै उहाँले मुलुकमा अपराध तथा महंगी बढ्दै गएको, मुलुकको आर्थिक अवस्था झनभन्दा झन कमजोर हुँदै गएको र अपराध महंगी वेथिती जस्ता कुरालाई नियन्त्रण गर्न नसकेका कारण अहिलेको सरकार ईतिहासकै असक्षम र कमजोर सावित भएको उल्लेख गर्नुभयो ।
सभापति रज्जाकले सरकारकै काम कारवाही र व्यबहारका कारण कर्मचारीमा उर्जा हराउँदै गएको तथा मुलुकको आर्थिक अवस्था ओरालो लागेको समेत उल्लेख गर्नुभयो । उहाँले मुलुकमा शेयर बजारको कारोवार ओरालो लागेकाले पनि मुलुकको आर्थिक अवस्थाको चित्रण गरेको बताउनु भयो । उहाँले अहिलेको सरकार कर्मचारी बिरोध रहेको भन्दै कर्मचारीलाई कुनै प्रकारको भेदवाव भए नेपाली काँग्रेसले त्यसको सामना गर्ने पनि चेतावनी दिनुभयो ।
त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष मधुकर काफ्लेले नेपाल ट्रेड युनियन काँग्रेस मजदुरहरुको हकाधिकारका लागि गठन गरिएको संस्था भएकाले मजदुको हक अधिकार स्थापित गर्न र उनीहरुलाई परेका पिरमर्कामा सधै क्रियाशिल हुनुपर्ने बताउनु भयो । मजदुरका समस्या समाधानका काम गर्न सकेमात्रै संस्थाको साख र गरिमा उचो हुने भनाई राख्नुभयो ।
कार्यक्रममा संघका क्षेत्रीय समिति लुम्बिनीका अध्यक्ष राम गुरुङ्, दाङ्का नर्वदेश्वर चौधरी र नेपालगञ्जका नगेन्द्र शाहले संस्थाको बर्तमान अवस्था र भावि रणनीतिका बारेमा प्रकास पार्दै अधिवेशन सफल बनाउनकालागि सबैलाई आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले मुलुकको आर्थिक अवस्था बिग्रिदै गएको र शेयर बजार ओरालो लागेकाले पनि आर्थिक अवस्था चित्रण गरेको बताउँदै यसलाई सुधारकालागि आर्थिक क्षेत्रमा काम गर्ने कर्मचारी लाग्नुपर्ने औंल्याएका थिए । सरकारको स्वामित्व रहेको कृषि बिकास बैंक प्रतिपर्धि क्षमता ह्रास हुँदै गएकोले प्रतिस्पर्धि सेवा विस्तारमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ्, संघका लुम्बिनी क्षेत्रीय समितिका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस कपिलबस्तु १ का क्षेत्रीय सचिव प्रेमनारायण पौडेल, नेपाल कृषि बिकास बैंकका क्षेत्रीय निर्देशकहरु लुम्बिनीका सुदिपकुमार दाहाल, दाङ्का गणेश जिसी, नेपालगञ्जका रामचन्द्र आचार्य, नेपाल बित्तिय संस्था कर्मचारी संघका केन्द्रीय सदस्य रामचन्द्र बिक, राजकुमार बिक, बिनोद केसी लगायतले शुभकाना मन्तव्य व्यक्त गर्नुभएको थियो ।