बुटवल, १८ फागुन । नेपाल बित्तिय संस्था कर्मचारी संघ नेपाल कृषि बिकास बैंक पाँच नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनले नवराज गौतमको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा बलबहादुर साउद, अरुणकुमार सिंह र नरेश केसी चयन हुनु भएको छ । त्यस्तै समितिको सचिवमा बिनोद ढकाल, कोषाध्यक्षमा गोपाल बराल, सहसचिवमा दिनेशकुमार गुप्ता र सदस्यहरुमा झविन्द्रबहादुर पराजुली, सृष्टि बस्नेत, उसा मल्ल, राजु श्रेष्ठ, दिपेशकुमार झा, प्रेमबहादुर बिक, शिवशंकर गिरी, सञ्जय ज्ञवाली, दिपेन्द्रप्रसाद शर्मा र सुनिता विवारी निर्बिरोध निर्वाचित भएको अध्यक्ष नवराज गौतमले जानकारी दिनुभयो ।