ऐतिहासिक महाशिवरात्री हथौसा मेला शुरु

1.3K

ऐतिहासिक महाशिवरात्री हथौसा मेला शुरु


खेमानन्द पाठक/कपिलवस्तु २१,फागुन । ऐतिहासिक , धार्मिक, एवम् सास्कृतिक महत्व बोकेको प्राचिन मेलाको रुपमा परिचित महाशिवरात्री हथौसा मेला २०७५ बाणगंगा नगरपालिका बडा नं. ११ र हेमराज माध्यामिक विद्यालयको संयुक्त आयोजनामा सोमवारदेखि विद्यालयको खेलकुद मैदान हथौसामा शुरु भएको छ ।

फागुन २० देखि २७ सम्म संचालन हुने मेलाको समुद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले हथौसा मेला पौराणिक दृष्टिले महत्वपूर्ण रहेको भन्दै यसको प्रचार प्रसारमा जोड दिदै यस मेलाले कृषि ,प्रर्यटन उद्योग र सस्कृति आदान प्रदान गर्ने आधुनिक मेलाका रुपमा विकाश गर्दै लैजाने बताउनु भयो ।

मेलामा निशुल्क माटो परिक्षण तथा कृषि उपजमा बिषादीको मात्रा परिक्षण गरिने भएको छ । किसानले माटो परिक्षण गराएर प्रतिस्पर्धात्मक बढी उत्पादन हुने कृषि व्यबसाय गरुन् र आम्दानी बढाउन सहज होस भन्नकालागि निशुल्क माटो परिक्षणको प्रवन्ध मिलाईएको वाणगंगा नगरपालिकाको कृर्षि शाखाले जनाएको छ ।

सोहि अवसरमा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्याल, नेकपाका नेता कमल चुँदाली, नेपाली कांग्रेसका जिल्ला सदस्य रवी बहादुर काफ्ले, वाणगंगा शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, सूर्याेदय मावि वरवाका प्राचार्य जगन्नाथ मरासिनी लगायतले जिल्लाको हथौसा मेला महाशिवरात्री मेलाका हिसावले नेपालकै महत्वपूर्ण क्षेत्र भएकाले महाशिवरात्री मेला र थारु समुदायको परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको भनाई राख्नु भयो । मेलामा सांस्कृतिक झल्किने खालका विभिन्न वस्तुहरुको प्रदर्शन गरिएको थियो ।
आदीवासी जनजाती थारु समुदायको परम्परागत उत्पादन पद्धतीको प्रदर्शन र कृषि उपजको खरिद विक्रीका लागि संचालन हुने हथौसा मेला समय परिवर्तन संगै आधुनिक शैलीमा रुपान्तरण हुन पुगेकोछ यो मेला नेपाल र भारतका किसानहरुका लागि विशेष महत्वको मेला हो ।

मेलामा कुनैपनि टिकट विना शुल्क प्रवेश हुन पाइने ऐतिहासिक यो मेला नेपाल र भारत दुवै तर्फ उच्च महत्वको मेलामा पर्ने गर्दछ । यो मेलामा पछिल्लो पटक आधुनिक पिङ्ग, मौतका कुवा, जादु र विभिन्न प्रदर्शन योग्य स्टलहरु राखिने गर्छन । तसर्थ यो मेला एक आधुनिक मेलाका रुपमा विकसित हुन पुगेको छ ।

मेला मूल आयोजक समितिका अध्यक्ष धु्रव नेपालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य तुल्सीराम यादव र सञ्चालन दिपक भुसालले गर्नुभएको हो ।