व्यबसायीले पेट्रोलियम खरिद नगर्ने

व्यबसायीले पेट्रोलियम खरिद नगर्ने

downloadबुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन अन्तरगतका पेट्रोलियम डिलर्सहरुले पेट्रोलियम पदार्थ खरिद नगर्ने निर्णय गरेका छन ।
नेपाल आयल निगममा प्रयाप्त मात्रामा पेट्रोलियम पदार्थ मौज्दात रहेपनि वितरण नगरेको भन्दै खरिद नगर्ने निर्णय गरिएको एशोसिएसनका महासचिव हरीराम कशौधनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ईन्धन अभाव सुरु भएयता ३ महिनाको समयमा एक पटक पनि वितरण नगरिएका स्थानलाई प्राथमिकतामा राखेर कम्तिमा एक पटक भएपनि पेट्रोलियम पठाउन व्यस्था मिलाउन र आयात भएको पेट्रोलियमको ४० प्रतिसत यसै क्षेत्रका उपभोक्तालाई दिनुपर्ने आफूहरुको मागलाई निगमले सम्बोधन नगरेका कारणले बाध्य भएर खरिद नगर्ने निर्णय गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा यस क्षेत्रका किसान, बिद्यालय, नीजि तथा सार्वजनिक सवारी साधन, अस्पताल र होटल व्यबसाय लगायतको समस्या समाधान गर्नकालागि पनि आफूहरुले यस्तो निर्णय गर्नु परेको उल्लेख गरिएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •