लोडसेडिङ हटाउन गगनका १० सुझाव

308

लोडसेडिङ हटाउन गगनका १० सुझाव

gaganकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले एक वर्षभत्रि देशलाई लोडसेडिङ मुक्त राख्ने घोषणा गरेपछि यसबारे नयाँ बहस सुरु भएको छ । यो बहसमा सरिक हुँदै सांसद गगन थापाले लोडसेडिङ हटाउने भए १० वटा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

एक वर्षमा लोडसेडिङको अन्त्य गर्ने घोषणा महत्वाकांक्षी भए पनि प्रधानमन्त्रीले मनैदेखि चाहेको खण्डमा धेरै सुधारका काम गर्न सक्ने व्यवस्थापिका संसदअन्तर्गतको कृषि तथा जलस्रोत समितिका सभापतिसमेत रहेका युवा नेता थापा बताउँछन् ।

एक वर्षमा लोडसेडिङको अन्त्य सम्भव नभए पनि केही वर्षभित्रै विद्युत उत्पादन बढाउन सरकारले केही महत्वपूर्ण कामहरु गर्नुर् पर्ने थापाको ठम्याइ छ ।

GAGANथापाले  भने- ‘हामी जलस्रोतका धनी त छौं, तर किन अहिलेसम्म त्यसको उपयोग गर्न सकेका छैनौं ? यसका अवरोधहरु के-के हुन् ? अनि अवरोध हटाउन के-कस्ता कदम चाल्नुपर्छ भन्ने पहिचान गरेर प्रधानमन्त्री अघि बढ्नुपर्छ ।’

लोडसेडिङ अन्त्य गर्ने भन्ने सरकारी लक्ष्य नै गलत भएको उनको भनाइ छ । ‘लोडसेडिङ अन्त्य होइन, आगामी २/४ वर्षमा कति विद्युत उत्पादन हुन्छ भन्ने योजना बनाउनुपर्छ,’ थापाले भने .

from अनलाइनखबर