‘होलीलाई सभ्य र शिष्ट बनाऔं’

1.1K

‘होलीलाई सभ्य र शिष्ट बनाऔं’

अम्बिका पन्थ/
हिन्दुहरुले मनाउने विभिन्न चाडहरुमध्ये फागुपुर्णिमा अर्थात होलि पनि हर्ष उल्लासका साथ मनाइने एक महत्वपुर्ण चाड हो । होलि पर्वलाइ असत्य माथि सत्यको विजय उत्सवको रुपमा आनन्द र उल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले जनमानसमा कुनै पनि व्यक्ति जति सुकै वलियो भएतापनि उसले नराम्रो काम गर्छ भने उसको हार र राम्रो काम गर्ने मान्छेको जित हुन्छ , सत्यको जहिलेपनि जित हुन्छ भन्ने सन्देश दिएको छ ।

फागुपुर्णिमा अर्थात होलिको विषयमा एउटा कथा प्रसिद्ध रहेको छ । पौराणिक कथाअनुसार परापुर्वकालमा हिरण्य कश्यपुकि वहिनि होलिकालाइ आगोले नजलाउने बरदान प्राप्त थियो । हिरण्य कश्यपुले इस्वर अर्थात भगवानलाइ मान्दैनथे र उनले आफुलाइ एक शक्तिशालि मान्दथे । तर उनको छोरा प्रल्हाद आफ्नो बाबुको ठिक विपरित थिए । उनले इस्वरलाइ मान्थे । भगवान सर्वशक्तिमान छन् भगवानको अगाडि मानिसको शक्ति नगन्य छ भन्ने उनको विचार थियो । विहान सांझ भगवानकै नाम जप्ने गर्थे । त्यो देखेर हिरण्य कश्यपुलाइ रिष उठ्थ्यो । हिरण्य कश्यपुले इस्वर भन्ने छैन इस्वर कोहि होइन जो भने पनि म नै हो म नै शर्वशक्तिशालि हुं भनेर आफ्नो छोरालाइ सम्झाउँथे ।

तर प्रल्हादले आफ्नो बाबुको कुरा मान्न असमर्थ भए जसको कारणले हिरण्य कश्यपुलाइ निकै नै रिष उठ्यो र प्रल्हादलाइ भगवान प्रति अविस्वास दिलाउनको लागि हरेक तरहले डराउन दिए । तर इस्वर भक्त प्रल्हाद आफ्नो इस्वरप्रतिको विस्वाँसमा अडिग रहे र अन्त्यमा हिरण्य कश्यपुले आफ्नी वहिनि होलिकालाइ बोलाएर आफ्नो वृतान्न बताए । होलिकाले इस्वर भक्त प्रल्हादलाइ आफ्नो काखमा लिएर आगोमा बसिन् उनको सोंचाइ आफु नजलेर प्रल्हादलाइ जलाउने थियो तर ठिक विपरित होलिकालाइ आगोले जलायो ,भक्त प्रल्हादलाइ आगोले केहिपनि विगारेन। यस प्रकार होलि पर्व भनेको असत्यमाथि सत्यको विजयको रुपमा मनाइने एउटा महत्यपुर्ण चाड हो ।

यस दिन घर परिवार साथिभाइ सवैजना मिलेर खुसियालि मनाउने राम्रो रंग लगाउने मिठा मिठा परिकारहरु वनाएर खाने रमाउने गरिन्छ । आफ्ना दुःख पिडा सवै विर्सेर घर परिवार साथि संघीसंग मिलेर नाच्ने गाउने बजाउने र कुनै विशेष आयोजना गरेर पनि यो चाड मनाइदै आइएको छ । जसरि कुनै चुनावमा कुनै जनप्रतिनिधिले चुनचाव जित्दा होस या कुनै खेलाडिले खेल जित्दा वा कुनै विद्यार्थिले उच्च अंक प्राप्त गर्दा होस् हामि सवैले खुसियालि मनाउँछौ । विजय हुनेलाइ रंग लगाइदिन्छौ । हरेक क्षेत्रवाट विजय उत्सव मनाउंदा हामिले रंगको प्रयोग गरेकै हुन्छौं अझ त्यस माथि होलि पर्व भनेको एउटा असत्यमाथि सत्यको विजय भएको दिन हो ।

हामिले यसलाइ हर्ष उल्लासका साथ मनाउनकोलागि विभिन्न किसिमका रंग (रातो, हरियो, निलो, पहेंलो) प्रयोग गरि एक अर्कालाइ लगाइदिने र लगाउने गर्नु स्वभाविकै हो । यस पर्वले हामिलाइ जसले अन्याय अत्यचार गर्छ उसको हार हुन्छ र जसले राम्रो काम गर्छ उसको जित हुन्छ , जहिले पनि सत्यको जित हुन्छ भन्ने सकारात्मक सन्देश पनि दिएको छ ।जुन पर्वलाइ हामिले हर्ष उल्लासका साथ मनाएर आउने पिंढिलाइ सकारात्मक सन्देश दिन सक्नुपर्छ ।

तर, अहिलेको समयमा आएर होलि पर्व एक विकृति र विसंगतिको रुपमा फैलिंदै जान थालेको छ । पर्व मनाउने नाममा मानिसले नसालु पदार्थको सेवन गर्ने र जवरजस्ति अरुलाइ रंग लगाउने , शमाजमा होहल्ला मच्चाउने झैझगडा गर्ने , सरीरलाइ नोक्सान पुराउने रंगहरु प्रयोग गर्ने , लोला हान्ने कुहिएका अन्डाहरु प्रयोग गर्ने र वाटोमा हिंडेका युवायुवतिलाइ जवरजस्ति अनावस्यक रंग लगाउने गरेको पनि देखिन्छ । जसलेगर्दा सर्व साधारण जो काममा हिंडेका हुन्छन् उनिहरुलाइ बाहिर निस्कन पनि गाहे महसुस हुन्छ । यस्तै कृयाकलाप वढ्दै जानेहो भने होलि पर्वलाइ खुसियालि नभएर डरलाग्दो दिनको रुपमा लिनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

फागुपुर्णिमा अर्थात होलि असत्य माथि सत्यको विजय भएको दिन जसलाइ हामिले खुसियालि र हर्ष उल्लासकासाथ मनाउनु पर्छ । होलि रहरले मनाउनुपर्छ कसैको दवाव वा करले भने होइन । घर परिवार साथिभाइ मिलेर राम्रो रंग लगाउँ तर कसैको मन्जुरिविना रंग लगाउने काम कसैलेपनि नगरौं । होलि मनाउने नाममा हामिले नशालुपदार्थको सेवन नगरौं जसले गर्दा दुर्घटना पनि निम्ताउन सक्छ ।आफ्नो गतिविधिले अरुलाइ असर नपरोस भन्ने हेतुले हामिले होलि पर्व मनायौभने समाजमा समस्या निम्तन पाउँदैन । हरेक नागरिकले आफ्नो जिम्मेवारि र कर्तव्यको बोध गर्न सक्नुपर्छ । होलि पर्वलाइ राम्रोसँग मनाएर आउने पिँडीलाइ सकारात्मक सन्देश दिन सकौं । मित्रताको भावना जगाउन सकौं र नराम्रो वातावरणमा लाग्न वाट बचाउँ, जहिलेपनि सत्यको जित हुन्छ भन्नेकुरालाइ सबैले मनन गरौ । फागुपुर्णिमा अर्थात होलिपर्वको सबैलाइ शुभकामना ।