
बुटवल, १० चैत । आज देखि सुरु हुन लागेको एसईई परिक्षा दिने बिद्यार्थीलाई परिक्षा दिन जाँदा कापि र डप्टी समेत लैजान प्रतिवन्ध गरिएको छ । आज देखि देशभर एसईई परिक्षा सञ्चालन हुँदैछ । परिक्षालाई मर्यादित बनाउन र सम्भावित चिटिङ् रोक्नकालागि परिक्षा समन्वय समितिले रुपन्देहीमा कापि र डप्टी समेत प्रतिवन्ध गरिएको जिल्ला प्रशासन कार्यालय शिक्षा समन्वय इकाई रुपन्देहीका उपसचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।
यो वर्ष रुपन्देही जिल्लामा २०५ जना बिद्यार्थी परिक्षा दिनबाट वञ्चित भएका छन् । बिद्यालय खुलेको समयको ७५ प्रतिशत बिद्यालयमा हाजिरी नभएका तथा प्रवेश पत्र समेत लिन नआएका २०५ जना बिद्यार्थी परिक्षामा सहभागि नहुने उहाँले जानकारी गराउनु भयो ।
रुपन्देही जिल्लामा यस वर्ष कुल १७ हजार ४०३ जना बिद्यार्थीले एसईई परिक्षा दिंदैछन् । परिक्षामा ३ जना दृष्टिबिहिन तथा प्रहरी हिरासतमा रहेका एक जना बिद्यार्थी सहभागि हुँदैछन् । त्यस्तै परिक्षामा ९७ जना खुल्ला तर्फका र प्राबिधिक धार पढाई हुने ११ बिद्यालयका ४४९ जना प्राबिधिक धारका बिद्यार्थी सहभागि हुँदैछन् ।
जिल्लामा एसईई परिक्षा सञ्चालनकालागि ५६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रमा केन्द्राध्यक्ष ५६ जना सहायक केन्द्रध्यक्ष ८८ जना निरिक्षक ८७१ जना सहायक कर्मचारी ५ सय र ८४० जना सुरक्षाकर्मी परिचान भएका छन् ।
परिक्षाकालागि सबै परिक्षा केन्द्रमा प्रश्नपत्र तथा उत्तरपुस्तिका पु¥याईसकिएको पनि उपसचिव भुसालले जानकारी गराउनु भयो । सबै परिक्षा केन्द्र बिद्यार्थी मैत्री बनाईएको र स्वतन्त्रपूर्वक लेख्ने वातावरण तयार गरिएकाले बिद्यार्थीलाई निराश नभईकन परिक्षा दिन उहाँले आग्रह गर्नुभयो ।