कपिलवस्तु,मंसिर । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बनाउन थालेको नयाँ शक्तिमा सहभागीता जनाउन कपिलवस्तुमा समेत ४० सदस्यिय समिती बनाईएको छ ।
एमाओबादीको नयाँ बिचार समुहका सहसंयोजक रहेका नारायण खनालको नेतृत्वमा ४० सदस्यको पत्रकार सम्मेलन मार्फत नयाँ शक्तिमा सहभागी हुने गरि समिती निर्माण गरिएको हो । सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा एमाओबादीका पोलिटब्युरो सदस्य तथा भट्टराई पक्षिय नेता बामदेब क्षेत्रीले नेता बाबुराम आफुले उठाएको संबिधान निर्माणको कार्यभार पुरा गर्न संबिधान निर्माण गरेको भए पनि संबिधानमा सबै पक्ष नअटाउन सके पछि एमाओबादी परित्याग गरेको बताए ।
नारायण खनालको अध्यक्षता, सुरेन्द्र तिवारीले नयाँ शक्तिको अवधारणापत्र प्रस्तुतीकरण र सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेता क्षेत्री तथा नयाँ शक्तिका जिल्ला ईन्जार्च रामलौटन तिवारीले मन्तब्य दिएका थिए ।