
बुटवल, १४ चैत ।बुटवल उपमहानगरपालिका–१ गढीटोलमा गोली चल्यो गोली लागेर भारतीय नागरिक ४४ बर्षिय फिरोजको खानको मृत्यु अज्ञात समूहद्वारा गोली प्रहार, छातिमा गोलि लागेको छ । उनको सवलाई लुम्बिनी प्रादेसिक अस्पताल बुटवलको पोष्टमाटम गृहमा राखिएको छ ।
उनी बुटवल मैनावगर स्थित प्रेम दर्लामिको ज्योती मोटर्स वर्क सपमा काम गर्दै आएका थिए । काम गरेर डेरामा फर्कने क्रममा डेराको गेट कै अगाडी अज्ञात ब्यक्तिले खान माथी गोलि प्रहार गरि फरार भएका थिए । खानलाई घरको गेट अगाडी नै ढलेको देखेपछि खानलाई लुम्बिनी प्रादेशीक अस्पताल लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
बिगत १० वर्ष देखि बुटवल स्थित मैनाबगरको ज्योती मोटर पार्टस अटो ग्यारेजमा हेड मिस्त्रीको काम गरिरहेका ४५ वर्षिय खानको हत्या रहस्यमय देखिएको छ । घटना लगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बुटवलका सबै नाकाहरुमा सिल गरेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डिएसपी डिलबहादुर मल्लले बताउनु भयो ।