गुल्मी, चैत १६ । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पार्टि सभापति शेर बहादुर देउवाले वर्तमान ओली सरकार आएपछि देशमा हत्या हिंसा र वलात्कारका घटना बढेको आरोप लगाउनु भएको छ । उहाँले सरकार निर्मलाका हत्यारालाई बचाृउने काम गरेको भन्दै असुरक्षाका कारण महिलाहरु एक्लै हिड्न नसक्ने अवस्था आएको टिप्पणी गर्नु भयो ।
सभापति देवाले सरकारले सेनालाई आफ्नो नियन्त्रणमा राखेर एक दलीय अधिनायकवादी शासन संचालन गर्ने दिशामा उन्मुख हुँदै जान थालेको समेत बताउनु भएको छ । नेपाली काँग्रेस गुल्मीले आज (शनिवार) सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा बोल्दै पार्टि सभापति देउवाले उक्त विचार व्यक्त गर्नु भएको हो ।
जनतालाई शुसासन दिई उनीहरुको आर्थिक स्तर माथि उठाउनको साटो वर्तमान सरकार जनतालाई कर बढाएर आतंकित बनाउने तर्फ उद्दत भएको बताउनु भयो कार्यक्रममा देउवाले प्रधानमन्त्री केपि शर्मालाई व्यंग्य गर्दै भन्नु भयो ‘अब प्रधानमन्त्रीको नाम केपी ओली हैन कर प्रसाद ओली राख्नु पर्ने भयो’ । उहाँले पार्टिमा एकता र अनुशासनको कमि भएको कारण एक अर्काको खुट्टा तान्ने प्रवृति बढेको भन्दै त्यसको अन्त्य गर्न सबैमा एकता र अनुशासन जरुरी रहेको उल्लेख गर्नु भयो
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संघियता र संविधानको विरुद्धमा गएको आरोप लगाउनु भएको छ । उहाँले वर्तमान सरकार राष्ट्रवादको भर्याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको समेत टिप्पणी गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईराला सह महामन्त्री प्रकाश शरण महत, दिपक गिरी, चन्द्र भण्डारी लगायतका केन्द्रिय नेताहरुले वर्तमान सरकारले सिंहदरवारमा बसेर नेपाली जनतालाई लुटिरहेको, भ्रष्टचारीहरुलाई सिरानी लगाएर संरक्षण गरिरहेको, नक्क्ली राष्ट्रवादका कुरा गरेर जनतालाई झुक्काउने काम गरेको, सबै अधिकारहरु बालुवाटारमा लगेर अधिनायकवाद लागु गर्न लागेको भन्दै सरकारको कडा आलोचना गर्नु भएको थियो ।