वुद्धकालिन हस्तकलाले बजार पाएनन्

501

वुद्धकालिन हस्तकलाले बजार पाएनन्

tharu hastakala

भैरहवा, वुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनी आसपासका वासिन्दाले निर्माण गरेका बुद्धकालिन हस्तकलाका सामाग्रीले बजार पाउन सकेका छैनन्् ।
प्रचार प्रशार र बजारमा पहुच नपुग्दा पर्यटक केन्द्रीत वौद्धकालीन सजावटका सामाग्रीले बजार नपाएका हुन् । लुम्बिनी क्षेत्रको लुम्बिनी आदर्श, खुदाबगर, तेनुहवा, मसिना, साडी, जोगडा, विष्णुपुरा लगायतका क्षेत्रका वासिन्दाले असोक स्तम्भ, चकटी घण्टी, टोपी, डाल, व्याग, टोकरी, ढकिया, करुवा, कप, बुद्धमुर्तिलगायतका हस्तकलाका सामान बनाउने गरेका छन् । पर्यटकलाई लक्षीत गरेर गुद मोज र माटोबाट बनाएका हस्तकलाका सामाग्री नबकिेपछि जीविकोपार्जनमा समस्या भएको छ । करीब आठ वर्षअघि ग्रामीण गरीबी निवारण परीयोजनाले दिएको तालिमपछि हस्तकला निर्माणमा जुटेका उनीहरुले अहिले आफ्नो सीप छोड्न थालेको भगवानपुरका हस्तकला निर्माता शीवशंकर कुर्मीले बताउनुभयो । लुम्बिनी र स्थानीय मेलाहरुमा समेत आफ्ना सामान धेरैजसो नबीक्ने र बिकी हालेपनि मेहनत र लगानी भन्दा नीकै कम रुपैया पर्ने उहाको गुनासो छ । लुम्बिनी आउने पर्यटकलाई बेच्न अग्रेजी भाषामा त्यसको महत्व बुझाउन नसक्दा पनि बिक्रीवितरण गर्न समस्या परेको स्थानीयको गुनासो छ । यसकालागि लुम्बिनी विकास कोषले नै बिक्री कक्ष दिएर सहयोग गर्नुपर्ने हस्तकला निर्माताहरुको माग छ । भुवन पाण्डे