सजिलोको भित्तेपात्रो बिमोचन

906

सजिलोको भित्तेपात्रो बिमोचन

बुटवल, १६ चैत । बुटवलमा रहेको सजिलो वचत तथा ऋण सहकारी संस्थाले सजिलो २०७६ सालको भित्तेपात्रो बिमोचन गरेको छ । मिलन चोकमा कार्यलय रहेको सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो बिमोचन गरेको हो ।

सजिलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामराज पोख्रेलले सहकारीले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको बताउनु भयो । उहाँले सहकारीले लिएको उद्देश्य तथा लक्ष्य अनुसारका कामसंगै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार गोबिन्द मरासीनी, भित्तेपात्रो प्रकाशन समितिका संयोजक भिमलाल गौतमले कार्यक्रममा बोल्दै नँया बर्षको समेत शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका सचिब गुणानिधी खनालको सञ्चालनमा भएको थियो ।