बुटवलमा टोल समितिका अध्यक्षले गरे वलत्कार :गुपचुप गर्ने प्रयासमा लागे जनप्रतिनीधि

1.3K

बुटवलमा टोल समितिका अध्यक्षले गरे वलत्कार :गुपचुप गर्ने प्रयासमा लागे जनप्रतिनीधि


बुटवल १८,चैत । कञ्चनपुरको निर्मला काण्डलाई सम्झाउने गरी प्रदेश ५ को राजधानी बुटवलमा एक युवतीको बलत्कार भएको छ । परिवारका सदस्यहरुलाई ज्यान मार्ने धम्की दिदै राति ती युवतीलाइ जंगलमा लगेर बलत्कार गरेको घटना सार्वजनिक भएको हो ।

सुकुम्वासी बस्तीका अगुवा तथा टोल समितिका अध्यक्षले नै मादकपदार्थ सेवन गरेर बलत्कार गरेको पीडित पक्षको दावी छ । तर, पिडकपक्षको डर धम्कीका कारण पिडितपक्ष खुलेर बोल्न नसक्दा फागुन ३० गते राति भएको घटना १८ दिनपछि आईतबार मात्र सार्वजनिक भएको छ । पीडित पक्षका अनुसार धारिलो हतियार देखाउदै हात र मुखमा कपडाले वाधेर बलत्कार गरिएको थियो । बलत्कापछि बेहोस अवस्थाकी ती युवतीलाइ भन्दै जंगलमै छाडेर हिडेको पिडित युवतीका अभिभावकले बताएका छन् ।

टोलको रक्षकका रुपमा लिईने बुटवल ११ को श्रृजनानगर टोल विकास संस्थाका अध्यक्ष माधव जिसीले दलित समुदायकी १७ वर्षिय युवतीलाई हातघुट्टा बाँधेर बलत्कार गरेको युवतीका बुबाले संचारकर्मी समक्ष बताएका छन् । ढिलो गरी सार्वजनिक भएको यो घटनामा संलग्न भनिएका जिसीलाई प्रहरीले हिरासतमा राखेर अुनसन्धान गरिरहेको छ ।
यसरी भएको थियो घटना

गत फागुन ३० राती घरको छतमा सुतिरहेकी युवती मुरली (नाम परिर्वतन)लाई तल झर्न पटक पटक जिसीले धम्की थिए । उनकी आमाका अनुशार खाना खाएर सुत्न गएकी पिडित युवतीलाई घरको पछाडिबाट अर्को घरको पिलरवाट उनले तल झारेका थिए । त्यसपछि उनले नजिकै रहेको मोटरसाईकलमा जव्वरजस्ती बस्न लगाए । घरवाट झण्डै आघा किलोमिटर दुरीमा रहेको खोला तथा जंगलको छेउ झडिमा लगेका थिए ।

त्यहा पुगेपछि युवतीले प्रतिवाद गर्न खोज्दा उनले खुकुरी जस्तै चक्कु निकालेका थिए । युवतीका हात खुल्टा उनैको सलले वाधेर तथा मुखमा पनि कपडा नै राखि दिएका थिए । पिडितका अनुशार मादक पदार्थ सेवन गरेका जिसीले पटक पटक बलत्कार गरे । त्यसपछि युवती वेहोस भएपछि उनलाई त्यहि छोडेर घरतर्फ हिडेका थिए ।

वेहोर युवती रातभर सोहि स्थानमा सुतेको र विहान मात्र जागेर नजिकै रहेको बस्तीमा पुगेृर पानी खाएको वताईन् । यो घटना घरमा वा अरु कसैलाई सुनाए घरका सदस्यहरु समेत कसैलाई पनि वाकी नराख्ने धम्की दिएकोले उनले घरमै नजाने भन्दै सो क्षेत्रमा दूई दिन वसेको र तेस्रो दिन मात्र प्रहरी र स्थानियको साहरामा घरमा आएको परिवारले बताए ।

छोरी हराएको भन्दै सबै तिर खोज्दा हैरान भएको र सवारी साधन चलाउने उनका वावु र्आपछि २ गते मात्र प्रहरी कहां कुरा पुगेको थियो । शुरुमा प्रहरीले दर्ता गर्न नमानेको र पछि अदालतमै पुगेपछि दर्ता गरेरेको र अभियुक्त अुनसन्धानका लागि हिरासतमा रहेको वावु ले बताएका छन् ।

घटना मिलाउन स्थानियको दवाव
घटना मिलाउन शुरु देखि नै सक्रिय रहेका स्थानिय जनप्रतिनिधी र अगुवाहरुले दवाव दिएका छन् । पैसा लिएर घटनालाई गुपचुप बनाउन उनका वावुलाई दवाव दिईएको हो । केही जनप्रतिनिधिहरुले २ देखि ५ लाख सम्म रकम वुझेर घटना साम्य बनाउन पटक पटक आग्रह गरेका थिए ।

पिडित युवतीका पिताले भने –उहांहरु घरमै आएर मिल्न भन्नु भयो, एउटै गाउ ठाउँमा बस्ने भएकाले यस्ता कुरा मिलाएर जानु पर्ने बताउनु भयो ।’ छोरी विछिप्त जस्तो भएकोले मिल्न आफू नसकेको पनि उनको भनाई रहेको छ । यता ईलाका प्रहरी कार्यालयका डिएसपी डिल बहादुर मल्ले भने घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।