काँग्रेसमा परम्परागत झगडा: महर

1.3K

काँग्रेसमा परम्परागत झगडा: महर


बुटवल, १८ चैत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले मातृपार्टी नेपाली काँग्रेसको परम्परागत झगडाले नेपाल बिद्यार्थी संघमा पनि समस्या पारेका बताउनु भएको छ । सोही समस्याका कारण आफूले राजीनामा गर्नुपरेको उल्लेख गर्नुभयो ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियनसंगको संक्षित भेटघाटमा उहाँले केन्द्रीय समिति बैठकमा नेबिसंघका बिषयमा केही निर्णय हुने सम्भावना देखेर समग्र संगठनमा राम्रो हुन्छ भने आफू बाधक बन्न नहुने भएकाले राम्रोकालागि राजीनामा गरे पनि राम्रो हुने सम्भावना नभएको बताउनु भयो ।

उहाँले व्यक्ति शक्तिशाली हुने प्रबृत्तिले पार्टी गुटहरुको हावी हुँदै गएको र त्यसैका कारण पार्टी कमजोर भएको बताउनुभयो । सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले एक भयौ भनेर हात उठाउदैमा गुटको अन्त्य नहूँने उहाँले बताउनु भयो ।

उहाँले दुई पार्टी एक भएपनि लामो समय बितिसक्दा पनि बिचार एक हुन नसकेको उल्लेख गर्दै यो परम्परागत झगडाकै कारण पार्टी कमजोर भएको भनाई राख्नुभयो । पार्टीमा एकरुपता ल्याउनकालागि प्रतिवद्धता मात्रै नभएर मनदेखि नै एक हुनुपर्ने उहाँको भनाई छ ।