जनता बैंक दशौं वर्षमा : रक्तदान तथा डष्टविन वितरण

653

जनता बैंक दशौं वर्षमा : रक्तदान तथा डष्टविन वितरण

बुटवल, २३ चैत । जनता बैंक नेपाल लिमिटेड १० औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार देशभर बिभिन्न कार्यक्रम गरिएको छ । यसै अवसरमा बैंकको पाच नम्बर प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरियो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा सुभेच्छुक गरि ५१ जनाले रक्तदान गरेको बैंकका प्रदेश प्रतिनीधि तथा बुटवल मिलनचोक शाखा प्रवन्धक राजिव गौतमले जानकारी गराउनु भयो । त्यस्तै बिहान बुटवलमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

राजमार्ग चौराहाबाट शुरु भएको प्रभातफेरी महेन्द्र पार्क स्थित प्रदेश कार्यालयमा पुगेर समापन गरिएको थियो । सोही अवसरमा बैंकको मिलनचोक शाखाले मनकामना टोल बिकास संस्थालाई डष्टविन वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै टोलको सरसफाईमा सहयोग पु¥याउने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोक स्थित मनकामना टोल बिकास संस्थाकी अध्यक्ष सुशिला नेपाललाई १० थान डष्टविन हस्तान्तरण गरिएको शाखा प्रवन्धक गौतमले जानकारी दिनुभयो ।

हाल जनता बैंक नेपालको साविकको लुम्बिनी अञ्चलमा (नवलपुर बाहेक) २७ वटा शाखा छन् भने रुपन्देही जिल्लामा मात्रै ११ वटा शाखा कार्यलयले बैंकिङ् कारोवार गर्दै आएका छन् ।