बुटवल । जिल्लामा वितरण गरिने ४० प्रतिसत ग्याँस तथा पेट्रोलियम पदार्थ तुरुन्त वितरण व्यबस्था मिलाउन नेपाली कांग्रेस रुपन्देहीले माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी यो समय खेती स्याहार्ने र लगाउने सिजन पनि भएकाले किसानकोलागि आवश्यक पर्ने ईन्धन उपलव्ध गराउन सरकार र आयल निगम संग माग गरिएको हो ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा हस्ताक्षरित बिज्ञप्तीमा अप्राकृतिक रुपमा गठित सरकार तथा मन्त्रीहरु र तिनको योजना लागु गर्ने केही भ्रष्ट कर्मचारीहरुका कारण जिल्ला बासी नागरिक, किसानहरुमा मर्का पर्न गएको उल्लेख गरिएको छ ।
किसान तथा नागरिकमा पर्न गएको मर्काप्रति संवेदनशिल हुँदै आयात भएको पेट्रोलियमको ४० प्रतिसत जिल्लामा वितरण गर्नुपर्ने पेट्रोलियम व्यबसायीको मागहरुलाई तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।
बिज्ञप्तीमा सरकारका जिम्मेवार निकायहरु सजग, सतर्क र जनउत्तरदायि बन्नुपर्नेमा नेपाल आयल निगम यो संकटलाई झन जटिल बनाउँदै आर्थिक भ्रष्टाचार गर्न लिप्त भएका समाचारले सिंङगो नेपाली कांग्रेसलाई दुःखी बनाएको उल्लेख गरिएको छ ।
दक्षिणी सिमामा भएको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थलगायत दैनिक जिवनमा आवश्यक पर्ने खाध्य तथा यातायातको क्षेत्रमा आएको संकटले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा जिम्मेवार निकायले गरेको व्यबहारले नागरिकमा बितिष्णा पैदा गराएको उल्लेख गर्दै बिज्ञप्ती मार्फत नेपाल आयल निगमलाई आफ्नो कार्य क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।