सेनालाई कमजोर बनाउने काम भयो : प्रमुख सचेतक खाँण

512

सेनालाई कमजोर बनाउने काम भयो : प्रमुख सचेतक खाँण


बुटवल, २४ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर बनाउने खेल खेलेको आरोप लगाउनु भएको छ । पुर्व रक्षामन्त्री समेत रहनु भएका खाँणले प्रधानमन्त्रीले आफुले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताउनु भयो ।

नेपाली कांग्रेस तिलोत्तमा नगर सभालाई आईतबार मंगलापुरमा सम्बोधन गर्दै उहाँले राष्ट्रबादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेको बताउँनु भयो । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोईरालाले सिल्याान्यास गर्नु भएको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा कम्युनिष्ट सरकारले ढिलाई गरेको उँहाले आरोप लगाउनु भयो । नेताका छोरा छोरी ठेकेदार हुँदा बिमानस्थल निर्माणमा ढिलाई भएको नेता खाँणले दाबी छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अहिलेको सरकारले भ्रष्ट्रचारलाई प्रोत्साहन गरेको आरोप लगाउनु भयो । वाईडवडी प्रकरणमा सरकारले लेखा समितिले दिएको प्रतिवेदन अनुसार कारवाही प्रकृया अंगाडी नबढाई उल्टै छानविन समिति बनाएर भ्रष्ट्रचारलाई ढाकछोप गर्ने काम गरेको बताउनु भयो । काँग्रेसमा सबै नेता एकले अर्कालाई विग्रार्न खोज्दा पार्टी कमजोर भएको बताउँदै विश्वकर्माले नेपाली काँग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर भएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधि सभाका सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरतकुमार शाहले एनसेलको टावरमा सुरक्षा दिन नसक्नेले विदेशी लगानी ल्याउने प्रयत्न निराधार भएको आरोप लगाउनु भयो । भूमि ब्यवस्था सम्बन्धी ऐन सरकारले ल्याएर उद्योगी र मध्यमवर्गलाई कङ्गाल पार्न खोजेको बताउँदै उहाँले गरिब जनतालाई सम्पन्न नबनाउँदासम्म समृद्ध मुलुक बन्न नसक्ने भनाई राख्नुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रतिपक्षमा रहेर नेपाली काँग्रेसलाई बलियो बन्न अहिले अवसर मिलेको बताउँनु भयो । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डेयको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल, जिल्ला सचिब रामकृष्ण खाँण, लगायतले भनाई राख्नुभएको थियो ।