गुल्मी,। शहिद शशेर वहादुर खत्रीकी धर्मपत्नी तिलादेवी खत्रीको निधन भएको छ । गुल्मी जिल्लाको धुर्कोट रजस्थल निवासी खत्रीको ८९ वर्षको उमेरमा निधन भएको हो ।
उहांको निधनप्रति नेपाली कांग्रेस गुल्मी क्षेत्र न ३ ले गहिरो दुख व्यक्त गरेको छ । क्षेत्रिय सभापती दामोदर भुषालले एक विज्ञक्ती प्रकाशित गरि नेपालको प्रजातान्त्रीक आन्दोलनमा सहिद शंशेर वहादुर खत्री एवं उहांको परिवारले पुर्याएको योगदानको स्मरण गर्दै परिवर्तनका लागि लड्ने मान्छे मरेपनि उसको योगदान समाजले सधैभरि सम्झीरहने उल्लेख गर्नु भएको छ ।
साथै विज्ञक्तीमा यो शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान होस् भन्दै परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । २०१७ सालमा पञ्च्याती व्यवस्थाका विरुद्ध लागेको भन्दै तत्कालीन शाशकले शंशेर वहादुर सहित चारजनालाई गुल्मीको म्मरपुरमा कायरतापुर्ण हत्या गरेको थियो ।
शंशेर वहादुरको टाउको काटेर गुल्मी सदमुकाममा प्रर्दशन गरि जनतालाई प्रजातन्त्रको पक्षमा लागे यस्तै हालत हुने भन्दै तर्साएको थियो । सोहि घटनामा वांकी तिनजनालाई जिउंदै पुरिएको थियो ।