विष्णु पौडेललाई जसले ठग्यो, उसैले क्षतीपूर्ति भर्नुपर्छ : प्रवक्ता बास्कोटा

532

विष्णु पौडेललाई जसले ठग्यो, उसैले क्षतीपूर्ति भर्नुपर्छ : प्रवक्ता बास्कोटा

बुटवल, ३ बैशाख । बालुवाटारको ललिता निवासको जग्गा खरिदमा नेकपा महासचिव विष्णु पौडेल ठगिएकाले ठगि गर्नेले क्षतीपूर्ति भर्नुपर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दोहो¥याउनु भएको छ ।

मंगलबार रुपन्देहीको मणिग्राममा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले महासचिव पौडेलले नक्कली जग्गा किनेर ठगिएको बताउँदै उक्त जग्गा जोसंग किनेको हो उसले क्षतीपूर्ति भर्नुपर्ने दोहो¥याउनु भएको हो । उहाँले उक्त जग्गा खरिद बिक्रि प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने औंल्याउँदै ठगिगर्नेलाई पानी मुनी गएपनि नछाडन् बताउनु भयो ।

मन्त्री बास्कोटाले तथ्यविपरित सरकारको आलोजना भईरहेको बताउँदै तथ्यमा आधारित भएर आलोचना गर्न पनि आग्रह गर्नुभयो । ‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ ।’ मन्त्री बास्कोटाले भन्नुभयो–‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’

सरकारले रेल र पानीजहाज ल्याउने कुरा गर्दा शुरुमा शंका गर्नेहरुले अहिले ती कुरा वास्तकितामा परिणत हुन थालेपछि किन आवश्यक पर्यो भनेर प्रश्न गर्न थालेको उहाँले उल्लेख गर्नुभयो । उहाँले कम्युनिस्टको सरकारप्रति धेरैमा मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन खोजिएको मन्त्री बास्कोटाले आरोप लगाउनु भयो । उहाँले सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नभई सुरक्षित, व्यवसायिक, देशभक्त बनाउन चाहेको बताउनु भयो ।

अन्तर्राष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उहाँले विश्वमा कतै पनि यस्तो नहुने उल्लेख गर्नुभयो । लगानी सम्मेलनका विषयमा पनि नेपालको प्रेस विभाजित भएको उल्लेख गर्दै उहाँले अन्तरिक मामिलामा जति विभाजित भए पनि अन्तर्राष्ट्रिय मामिलामा एकजुट हुन आग्रह गर्नुभयो ।