चैते दशैमा अर्घाखाँचीको सराये नाँच

1.7K

चैते दशैमा अर्घाखाँचीको सराये नाँच

सन्धिखर्क, ३ बैशाख । सरायनाच अर्घाखाँचीको मौलीक नाच हो । यस नाचमा महिला र पुरुषहरु हातमा तरवार खुडा लिएर वाखै भाइ हो भन्दै सराये नाच्ने गर्दछन् । बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांस शक्तिपिठमा नाचिने सरायनाच चैते दशैमा पनि केहि स्थानमा नाच्ने गरिन्छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक तथा जातीय सदभाव कायम गरी भाइचारा अभिबृद्धिकालागि सराये नाच नाच्ने प्रचलन छ ।

हिन्दूहरुको महान पर्व चतै दशैमा नाचिने सराये नाच चैत शुक्ल द्वादशीको दिन मंगलबार भुमिकास्थान नगरपालिकाको ढिकुरा स्थित जयकाली दुर्गा मन्दिरमा नाचिएको हो । तरबार खुडा र हतियार प्रदहर्शन गरि नाचिने यो नाचले देवी खुसी हुने बिस्वास रहेको जयकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष हुमाकान्त पौडेलले बताउनु भयो ।

असोज शुक्ल दशमीमा मनाईने बडा दशैंमा जिल्लाका अधिकांश शक्तिपिठमा नाचिने सरायनाच चैते दशैंमा भने कुनै कुनै स्थानमा मात्रै नाचिने जयकाली मन्दिर ब्यबस्थापन समितका सचिव खिमबहादुर खासुले बताउनु भयो । बडा दशैमा जिल्लाका अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडा लगायत देवीका मन्दिर तथा शक्ति पिठहरुमा यो नाच नाच्ने गरिन्छ भने चैते दशैमा चरेपानी सहित गौचौर, अर्घातोष र सेंगलेंगको मन्दिरमा नाच्ने गरिन्छ ।

महाकाली देवीले महिसासुर र शुम्भ नाकमा राक्षसहरुको बध गरेको खुसीयालीमा सरायनाच नाच्ने प्रचलन रहिआएको ढिकुराकी जेष्ठ नागरिक धनकला गैरे बताउनु भयो ।