राजनितिक दलहरु एकजुट हुनेपर्ने सुझाव

514

राजनितिक दलहरु एकजुट हुनेपर्ने सुझाव

rakkkkkk

रुपन्देही,मंसीर । दलहरु एक भएमात्र देशको समस्या समाधान गर्न सकिने सांसद अव्दुल रज्जाकले बताउनु भएको छ । उहाले राजनैतिक दलहरुका नेताहरु एकजुट हुन नसक्दा भारतले नाकाबन्दी गरेको बताउनु भयो । नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिले आयोजना गरेको प्रथम देवदह अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगिताको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले विदेशीको ईशारामा मधेशी दलका नेताहरु चलेका कारण देशमा अहिले यस्तो अवस्था आएको बताउनु भयो । रज्जाकले आयोग गठन गरी सिमाङकनको विवाद टुग्याउनु पर्नेमा जोड दिनु भयो । उहाले अहिलेको समस्या समाधान गर्न नेपाली काग्रेस प्रतिवद्ध रहेको बताउनु हुदै आन्दोलन छोडेर राजनैतिक सहमतिमा आउन आन्दोनरत दलहरुलाई आग्रह गर्नु भयो ।  नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिका अध्यक्ष मित्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका योजना अधिकृत विष्णु ढुगाना, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले बोल्दै खेलकुदको माध्यमबाट राष्ट्रको निर्माण गर्न सकिनेमा जोड दिएका थिए । खेल संयोजक नारायण काप्mलेको स्वागत र सृजना वलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।