रुपन्देही नागरिक समाज सिद्धार्थनगरमा गुप्ता

542

रुपन्देही नागरिक समाज सिद्धार्थनगरमा गुप्ता

बुटवल, ५ बैशाख । रुपन्देही नागरिक समाजको सिद्धार्थनगर नगर कमिटि गठन भएको छ । युवा व्यवसायी तथा समाजसेवी अमितकुमार गुप्ताको अध्यक्षतामा नवगठीत नगर समितिको उपाध्यक्षमा उज्जवल पोखरेल र लक्ष्मी गुप्ता सचिवमा चन्द्रबहादुर रोका, कोषाध्यक्षमा ज्योत्सना हरीजन, सहसचिवमा गोपाल भण्डारीलाई चयन गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा प्रेमनारायण गुप्ता, सुवास पाण्डे, जयप्रकास गुप्ता, रुद्रबहादुर पछाई, प्रितम रौनियार, रेशमबहादुर सेन ठकुरी, विशाद बोगटी क्षत्री, कमलप्रसाद उपाध्याय, राममिलन यादव, लक्ष्मी शर्मा र कैलाश गुप्तालाई सर्वसम्मत चयन गरिएको छ । रुपन्देही नागरिक समाजका अध्यक्ष रेशम केसीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका संरक्षक पुर्वमन्त्री प्रकाश चित्रकारले नागरिक समाजको अभाव खड्कीन नदिनेगरी काम गर्न संस्थालाई आग्रह गर्नुभयो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको भैरहवामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख सल्लाहकार ज्ञानदेव हटुवाल, सल्लाहकारहरु इश्वरी चापागाईँ, दिपक रोका, जिल्ला उपाध्यक्ष श्रीराम गुप्ता, शारदा पोखरेल, कानुनी सल्लाहकार तारानाथ आचार्य, सुचना तथा संचार प्रमुख रामेश्वर भट्ट, आर्थिक संयोजक शिव खत्री, क्षत्रीय संयोजक वेचनप्रसाद गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा नवनियुक्त अध्यक्ष तथा पदाधिकारी सदस्यहरुलाई अध्यक्ष रेशम केसीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । त्यस अवसरमा बोल्दै जिल्ला अध्यक्ष रेशम केसीले रुपन्देही नागरिक समाज नितान्त दल, जाती भन्दा माथि रहेकोले यसमा आवद्ध सबैले संस्थाको सिद्धान्तलाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो । यसैबीच समाजले यही बैसाख २० गते भैरहवा र २१ गते बुटवलमा राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा लगाएत अन्य राष्ट्रिय र स्थानीय कलाकारहरुको साथमा सांगितिक तथा प्रहशन साँझ आयोजना गर्ने निर्णय गरेको सल्लाहकार दिपक रोकाले जानकारी दिनुभयो ।