सुशासन कायम गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

1.3K

सुशासन कायम गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गरेरै छाड्ने प्रतिवद्धता दोहो¥याउनु भएको छ । नेपालले अंग्रेजलाई प्रहास्त गरेको दिनको सम्झानामा आयोजित दोस्रो जीतगढी उत्सव दिवसको बुटवलको जीतगढी किल्लामा निर्माण गरिएको युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक अनावरण तथा सालिककै समिपमा देशकै ठूलो राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले देशको पहिचान केही वर्ष भित्रै बदल्ने गरी सरकारले काम गरेको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सम्पदा भित्र परेका निजी सम्पतीलाई अधिग्रहण गरी सार्वजनिक सम्पदाको बृहत्तर विकासमा जोड दिनु पर्ने बताउँदै पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका ऐतिहासिक गढी, किल्ला तथा विजयसँग सम्बन्धित सम्पदाको संरक्षण र संवद्र्धनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरकारका बिरुद्धमा हुनेगरी भएका ज्योतिषका भविश्यवाणी प्रति आक्रामक रुपमा प्रस्तुत हुँदै प्रधानमन्त्री ओलीले दक्षिणाका लोभमा बकवास नगर्न आग्रह गर्नुभयो । राजनीतिक आग्रह पूर्वाग्रह र स्वार्थकालागि केही कसैले ज्योतिषहरुलाई उचालेको उहाँको आरोप छ ।

उहाँले राष्ट्रिय राजनीति ज्योतिषका आकलनका आधारमा नचल्ने बताउँदै विखन्डन र अस्थिरता रुचाउनेहरुले नयाँ प्रकारको चाल चलेको आरोप लगाउनु भयो । उहाँले केही केही मानिसहरु उपद्रो मच्चाईरहेको आरोप लगाउनु भयो । कालो झण्डा प्रदर्शन गर्नेतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो–‘राष्ट्रियताको नारा भन्छ, उजिरसिंहको नाम लिन्छ र उपद्रो मच्चाउँछ ।’

त्यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संरक्षणको अभावमा कतिपय ऐतिहासिक स्थानहरु भग्नावशेषका रुपमा परिणत भएको बताउनु भयो । उहाँले पूर्खाले विरता प्रदर्शन गरेका पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ऐतिहासिक स्थानहरुको पहिचान गरि संरक्षण गरिने बताउनु भयो । नेकपा महासचिव बिष्णु पौडेलले जिगगढीको विकास र संरक्षण गर्नको लागि सवै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक जीतगढी किल्लाको संरक्षणको थालनी भएको बताउँदै यस्ता कामले पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले जीजतढीको संरक्षणको काम थालनी हुनु सकारात्मक रहेको र जीतगढीको अतिक्रमित भूभाग अधिग्रहण गर्न अपरिहार्य रहेको भनाई राख्नुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार असफल रहेको बताउँदै शान्ति स्थापनाकालागि सरकारलाई गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले शान्ति स्थापनाकालागि सरकार लचिलो भएर वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न समेत प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले प्रदेशको स्थायी राजधानी नबनेका कारण बिकास विलम्ब भएको उल्लेख गर्दै पूर्ववर्ती सरकारले घोषणा गरेको प्रदेशको स्थायी राजधानी बुटवल बनाउन र नाम लुम्बिनी राख्न प्रधानन्त्री ओली तथा मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराउनु भयो । त्यस्तै रुपन्देही नवलपरासी र कपिलबस्तुको पानीको समस्या समाधानकालागि कालिगण्डकी–तिनाउ डाईभर्सनको काम समेत अंगाडी बढाउन आग्रह गर्नुभयो ।
उत्सवका अवसरमा बिहान बुटवलमा झाँकी सहितको ¥याली निकालिएको थियो । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट सुरु भएको ¥याली उपमहानगरका बिभिन्न स्थानको परिक्रमा पश्चात जीतगढीमा पुगेर विशेष समारोहमा परिणत भएको थियो ।