लुम्बिनी सहकारीमा साहित्य पुरस्कार वितरण

लुम्बिनी सहकारीमा साहित्य पुरस्कार वितरण

बुटवल, ७ बैशाख । लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको ‘लुम्बिनी साहित्य पुरस्कार २०७६’ साहित्यकार गंगा लिगल तथा ‘जानकीदेवी आध्यात्मिक साहित्य पुरस्कार २०७६’ साहित्यकार नारायणप्रसाद तिम्सिनालाई प्रदान गरिएको छ ।

लुम्बिनी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २३ औं वर्ष प्रवेशका अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रम ती दुई पुरस्कार प्रदान गरिएको हो । उहाँहरुलाई जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले ताम्रपत्र सहित जनही ११ हजार पाँच सय रुपैंया नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

सम्मान प्रदान गर्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तुलाचुनले सहकारीले साहित्यका क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने अनुकरणीय कार्य गर्दै आएकामा प्रशंसा सहित सम्मानित साहित्यकारहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार बालकृष्ण भट्टराई, सहकारीका सञ्चालक समिति सदस्य तथा साहित्य उपसमितिका संयोजक अमृतलाल श्रेष्ठ, सञ्चालक द्वारिकाप्रसाद प्रधान, व्यबस्थापक बिनोदप्रताप राणा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •