एनएमबिको खातामा दश लाख रुपैंयाको बिमा

522

एनएमबिको खातामा दश लाख रुपैंयाको बिमा

बुटवल, ८ बैशाख । एनएमबि बैंकले ग्राहक अभिबृद्धिकालागि प्रत्येक खातामा १० लाखसम्मको बिमा योजना ल्याएको छ । बैंकको प्रदेश पाचको प्रदेश कार्यालयले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि ‘सबैकालागि बचत, सधैकालागि सहारा’ भन्ने नारा सहित ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

यो कार्यक्रम अन्तरगत अब खाता खोल्ने सबैकालागि १० लाख सम्मको बिमा हुने बैंकका प्रदेश प्रमुख सुरेशमान महर्जनले बताउनु भयो । जसअन्तरगत खातावालाको दुर्घटनामा परि अंगभंग भएमा, मृत्यु भएमा वा गम्भिर १८ रोग लागेमा खातावाला अथवा हकवालालाई १० लाखसम्मको बिमा रकम उपलब्ध गराईने उहाँले जानकारी गराउनु भयो । तर बिमा रकम कति पाउने भन्नेमा भने खातामा भएको कारोवारले निर्धारण गर्नेछ ।

तीन वर्ष अंगाडी एक घर एक खाता अभियान ल्याएको एनएमबि बैंकले अहिले एक व्यक्ति एक खाता अभियान ल्याएको डिपोजिट म्यानेजर दिविरबिक्रम शाहले बताउनु भयो । उक्त खातामा सर्वाधिक व्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोवाईल बैंकिङ्, निशुल्क ईन्टरनेट बैंकिङ् तथा डिलाईट एटिएम कार्डको माध्यमबाट नेपाल भरीका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न पाईने सुविधा दिईने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ग्लोवल अलाईन्स फर बैंकिङ् अन भ्यालुजको नेपालमा एक मात्रै सदस्य रहेको एनएमबि बैंक सन् २०१७ र ०१८ मा लगातार ‘बैंक अफ द इयर’बाट सम्मानित भएको छ । बैंकको हाल नेपाल अधिराज्य भर ११० शाखा, ४ एक्स्टेन्सन काउन्टर, र ९९ एटिएम छन् । त्यस्तै प्रदेश पाँचमा २५ वटा शाखा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।