बेलहिया भन्सार अपडेट-के के भित्रियो मंगलबार

1.2K

बेलहिया भन्सार अपडेट-के के भित्रियो मंगलबार

06102015103648oil-1000x0
भैरहवा,मंसिर । भारतको सुनौली नाका हुदै रुपन्देहीको बेलहीया भएर आज १६ पेट्रोलियम पदार्थ सहित १५० वटा मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् ।
ईप्रका बेलहियाका अनुसार ग्यासका १५ बुलेट र १ अक्सिजन बुलेट नेपाल प्रवेश गरेका छन् । सुनौली नाकाबाट हिजो ३२६ वटा मालबाहक गाडि मात्र नेपाल प्रवेश गरेका छन् । गत मंगलबार यता ७ दिनमा सुनौली नाकाबाट इन्धन बोकेका १७१ वटा ट्याङ्कर नेपाल प्रबेश गरेको तथ्याङ्क छ । जसमध्ये डिजल ९१ ट्याङ्कर , पेट्रोल १० ट्याङ्कर, मट्टितेल १ ट्याङ्कर र एलपी ग्यास ६९ बुलेट रहेका छन् । हिजो मात्र सो नाकाबाट २६ वटा ग्यासका बुलेट आएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभएको छ । सुनौलीबाट बेलहिया हुदै भैरहवा भन्सारमा भित्रने इन्धनका ट्याङ्करलाई सामान्य अवस्थामा ११ जिल्लामा बाडिने गरिएपनि अहिले असहज स्थीतिमा मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चलका १६ वटा जिल्लाका प्रेटोल पम्पहरुमा पठाइने गरेको छ । सुनौलीमा अझै एलपी ग्यासका १० बुलेट, डिजल २४ ट्याङ्कर र पेट्रोल ४ ट्याङ्कर नेपाल प्रबेशको पर्खाइमा छन् । विद्यालय सञ्चालनकालागि प्यापसन, एनप्यापसन र हिसानको आग्रहमा भोलिबाट रुपन्देहीमा एक हप्ताको लागि १८ हजार लिटर डिजल बाँढ्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका पाएकपर्ने ६वटा पेट्रोल पम्पबाट डिजल बितरणगर्न लागिएको प्रमुख जिल्ला अधिकारीले ढकालले जानकारीदिनुभयो ।