
बुटवल, ११ बैशाख । प्रदेश पाँच सरकारले २५ लाख पर्यटक लुम्विनी भित्र्याउने लक्ष्यसहित लुम्विनी भ्रमण वर्ष २०७६ लाई सफल वनाउने घोषणा गरेको छ । प्रदेश पाँचको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयले आज (बुधवार) बुटवलमा पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको दिन लुम्विनीबाट भ्रमण वर्षको कार्यक्रम शुभारम्भ गर्ने घोषणा गरेको हो ।
प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री लिला गिरीले पत्रकार सम्मेलनमा बोल्दै लुम्विनी भ्रमष वर्षको मूल नारा बुद्ध जन्मस्थल लुम्विनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मूल नारा तय गरिएको बताउनु भयो । उहाँले पर्यटन प्रवद्र्धनमार्फत सम्मृद्धि हासिल गर्न टेवा पु¥याउने, लुम्विनी क्षेत्रको धार्मिक, पर्यटकीय, पुरातात्विक तथा ऐतिहासिक स्थलको संरक्षणमा टेवा पु¥याउने उद्देश्य लुम्विनी भ्रमण वर्षको रहेको बताउनु भयो ।
लुम्विनी भ्रमण वर्षको शुभारम्भ बुद्ध पूर्णिमाको दिन जेठ ४ गते गर्ने, जेठ ५ गते मायादेवी प्रसुती उत्सवको कार्यक्रम, लुम्विनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, धार्मिक यात्रा र त्रिपिटक बाचन, स्थानीय उत्पादनहरुको लुम्विनीमा विक्री कक्ष शुभारम्भ गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने मन्त्री गिरीले बताउनु भयो ।
मन्त्री गिरीले लुम्विनी भ्रमण वर्षको आयोजनाबाट लुम्विनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरुको बसाई अवधी लम्वाउने, स्थानीय होटल, स्थानीय उत्पादन तथा व्यापार व्यवसायमा बृद्धि हुने आशा गरिएको बताउनु भयो । प्रदेश पाँच सरकारले यसअघि मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा भ्रमण वर्ष मनाउने निर्णय गरिसकेको छ ।