‘राष्ट्रिय गौरवका आयोजनामा कुनै रोकावट छैन’

464

‘राष्ट्रिय गौरवका आयोजनामा कुनै रोकावट छैन’

बुटवल, १२ बैशाख । बुटवल उपमहानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय गौरव वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि तोकिएको परिणाम र तोकिएको स्थानबाट नदीजन्य पदार्थ उपलब्ध गराउन कुनै रोकावट नगरिएकोे प्रष्ट पारेको छ ।

केही मिडियामा बुटवलका कारणले विमानस्थललगायत केही आयोजनाका काम प्रभावित हुने समाचार आएको प्रति ध्यानाकर्षण गराउँदै उप–महानगरले गुमिरहेको राजस्व जोगाउन र गौरवका आयोजनाका लागि अझ सहज र सरल वातावरण बनाउन दररेटमा पुनरावलोकन गरिएको दाबी गरेको छ ।

प्रतिस्पर्धात्मक बजार मूल्यमा कबोल गरेपछि सोहीअनुरुपको राजस्व बुझाउनुपर्ने बुटवलको अडान छ । बजार मूल्यलाई आधार मानी लगत इस्टिमेट गरिएको तर पछि राजस्व तिर्नुपर्दा भने कम तिर्न खोजिएको भन्दै बुटवल उप–महानगरले पुनरालोकन गरिएको जनाएको छ ।