भैरहवा, मंसिर । रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्ड अन्र्तगत परसहवामा पेट्रोलियम पदार्थ बोकेको ट्रिपरमा अज्ञात समूहले आगजनी गरेका छन । आगजनीबाट बा ३ ख ६६८८ नम्बरको ट्रिपर पूर्ण रुपमा ध्वस्त भएको छ ।
श्रोतका अनुसार परसहवामा रहेको सोखा भन्ने खेदू प्रसाद गुप्ताको घरबाट डिजल लोड गरि भैरहवा तर्फ आउदै गरेको ट्रिपरलाई बनगाईबाट केही युवाहरुले रोकेका थिए । भैरहवा जान हिडेको ट्रिपर बनगाईबाट फर्केर परसहवा जाने क्रममा तीय युवाहरुले ट्रिपरलाई लखेट्दै गई तेल दिने गुप्ताकै घर अगाडी आगजनी गरेका हुन । बाटोमा रहेको ईलाका प्रहरी कार्यालय बेथरीका सुरक्षाकर्मिले ट्रिपर रोक्न खोज्दा समेत ट्रिपर नरोकिएको बुझिएको छ ।
आगजनी गरेको जिम्मा अहिले सम्म कसैले लिएको छैन । यद्दपी यस अघि नै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कालोबजारी गरिएको तेल नियन्त्रणमा लिई नष्ट गर्ने चेतावनी दिएको कारण उक्त ट्रिपर पनि मोर्चाका कार्यकर्ताले नै आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।
tel aagjani (2)