गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोषाक र विभिन्न सघसंस्था, विद्यालयलाई पंखा वितरण

1.3K

गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोषाक र विभिन्न सघसंस्था, विद्यालयलाई पंखा वितरण

कपिलवस्तु ,१२ बैशाख । वाणगंगा नगरपालिकाको कार्यालय वडा नम्बर ११ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा विभिन्न सघ संस्था र विद्यालयलाई पंखा वितरण गरेको छ । आज वडा कार्यालयमा कार्यक्रम गरि वितरण गरिएको हो । सो अवसरमा वडाको कार्यक्षेत्र भित्र रहेको संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयको पोषाक वितरण गरिएको वडा सचिव मदन घिमिरेले जानकारी दिनुभयो ।

साथै सोहि कार्यक्रममा एसइई र प्लस टुमा वडा तथा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीहरु सम्मानित समेत भएका छन् । सोहि अवसरमा वडाको कार्यक्षेत्र भित्र रहेका विद्यालयहरु तथा सहरी क्लिनिक बरवा, प्रहरी कार्यालय भड्डिहवा तथा ओदारी लगायतका संघ संस्थालाई गरि १ सय २ वटा पंखा वितरण गरिएको थियो ।

वितरण कार्यक्रम वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता मेयर मंगल थारुको प्रमुख आतिथ्यता, नगरशिक्षा अधिकारी खिमबहादुर जिसि, सूर्याेदय माविका अध्यक्ष धु्रब थारु तथा प्रधानध्यापक जगन्नाथ मरासिनी, एभर ग्रिन स्कूल वरवाका प्रधानध्यापक नानुमाया खनाल, लिटिल स्टार स्कुल ओदारीका प्रधानध्यापक सुन्दर पाण्डे, ओदारी माविका प्रधानध्यापक सुभाखर भुषाल लगायतको आतिथ्यता, वडा सचिव मदन घिमिरेको सञ्चालन र वडा सदस्य शारदा केसिको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष सोमनाथ अर्यालले वडाको समृद्धिका लागि आफु लागि परेको भन्दै रचनात्मक सहयोग गर्न सबै सामु अपिल गर्नु भयो ।