नेपाल लाईफमा पश्चिम क्षेत्रकै ठूलो बिमालेख जारी

1.1K

नेपाल लाईफमा पश्चिम क्षेत्रकै ठूलो बिमालेख जारी

बुटवल, १३ बैशाख । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल शाखामा हालसम्मकै ठूलो बिमांकको पोलिसी (बिमालेख) जारी भएको छ । यस अंगाडी १ करोड ८६ लाख रुपैंया बराबरको पोलिसी जारी भएकोमा अहिले पछिल्लो समयमा त्यसलाई उछिन्दै दुई करोड रुपैंयाको पोलिसी जारी भएको हो ।

पश्चिमाञ्चल क्षेत्र अन्तरगत सबैभन्दा बढी कारोवार हुने उक्त शाखामा सिनियर एजेन्सी म्यानेजर (अभिकर्ता) यदुनन्द भण्डारीले २ करोड रुपैंयाको पोलिसी ल्याउनु भएको हो । उक्त शाखामा त्यस अंगाडीको सबैभन्दा ठूलो पोलिसी १ करोड ८६ लाख पनि उहाँले नै ल्याउनु भएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल शाखाका प्रवन्धक कुशलसिंह थापाले बताउनु भयो । उहाँका अनुसार बुटवल शाखा अन्तरगत हाल २ हजार जना अभिकर्ता सकृय छन् ।

पश्चिम क्षेत्रको ठूलो शााखा बुटवलमा मात्रै गत असार मसान्त सम्म ८६ हजार ९३१ पोलिसी जारी भएका थिए । हाल त्यो संख्या बढेर एक लाखको हाराहारीमा पुगेको शाखा प्रवन्धक थापाले बताउनु भयो । गत असार मसान्त सम्म यो कम्पनीको नेपाल अधिराज्यभर २३ लाख ८ हजार ५२ वटा बिमा पोलिसी जारी भएका छन् । नेपाल लाईफ ईन्स्योरेन्सको ७० जिल्लामा १२० शाखा कार्यालय रहेका छन् ।

कुल बिमाको ३५ प्रतिशत हिस्या यो कम्पनीले ओगटेको कम्पनीको दावी छ । हाल नेपालमा १९ वटा जीवन बिमा कम्पनी छन् । यो कम्पनीले हालसम्म १० अर्वभन्दा बढी दावी भुक्तानी गरिसकेको छ भने यसको चुक्ता पुँजी ४ अर्व ३९ करोड, ५८ अर्व रुपैंया लगानी गर्नुका साथै ६६ अर्व रुपैंया बिमा कोष रहेको जनाएको छ । त्यस्तै प्रति हजारमा ६५ देखि ८२ रुपैंयासम्म बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

बिमा कम्पनीहरु धेरै खुलेका कारण आपसमा अस्वस्थ्य प्रतिस्प्रधा बढेको शाखा प्रवन्धक थापाले बताउनु भयो । अस्वस्थ्य प्रतिस्पर्धाका बिच हचुवाको भरमा ढाटछल गरेर बिमा गराउने प्रबृत्ति हावी हुन थालेको भन्दै सिनियर एजेन्सी म्यानेजर (अभिकर्ता) यदुनन्द भण्डारीले अभिकर्ताले भनेका कुरामा मात्रै विश्वास नगरी बिमाका बारेमा राम्रोसंग अध्ययन गरेर मात्रै बिमा गर्न आग्रह गर्नुभयो ।

नबुझिकनै कसैले भनेका आधारमा बिमा गर्दा पछि समस्या हुनसक्ने बताउँदै पछि आउने सम्भावित समस्यालाई पहिले नै बुझेर मात्रै बिमा गर्न आग्रह गर्नुभएको हो । जीवन बिमा गरेका व्यक्तिको दुर्घटना तथा दैवीप्रकोपका कारण मृत्यु भएमा बिमा जारी भएको मितिदेखि नै दावी भुक्तानी हुने र आत्महत्या भएमा दावी भुक्तानीकालागि दुई वर्ष पुरा भएको हुनुपर्छ । बिमामा यस्ता धेरै कुरा हुनेभएकाले सबै कुरा बुझेर मात्रै बिमा गर्न उहाँको सल्लाह छ ।