सवारी, यातायात सम्बन्धी विधेयक पेश गर्न स्वीकृत

1.3K

सवारी, यातायात सम्बन्धी विधेयक पेश गर्न स्वीकृत

बुटवल, १५ बैशाख । प्रदेश पाँच सरकारले परिवहन प्राधिकरणको व्यवस्था सहित यातायत सम्बन्धी कानून ल्याउन लागेको छ । आईतबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश ५ सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरेको हो ।

प्राधिकरण सहितको कानून बनेमा प्रदेश सरकारलाई सार्वजनिक यातायात सञ्चालन गर्न बाटो खुला हुने भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनु भयो । आम नागरिकलाई सहज, सुविधा दिन र गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आँफैले यातायात सञ्चालन गर्ने गरी कानून ल्याउन लागेको मन्त्री चौधरीले बताउनुयभो । प्राधिकरण मार्फत प्रदेश सरकारले सुरुमा ३० वटा विद्युतीय बस चलाउने योजना बनाएको उहाँको भनाइ छ ।

यसैबीच प्रदेश मन्त्रीपरिषदको बैठकले भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटालाई कृषि निर्देशनालयमा पदस्थापन गरेको छ । मन्त्रालय मातहत निर्देशनालय भएपनि स्तर (सहसचिव स्तर) एउटै भएको र देवकोटा पनि निर्देशनालयमा जान तयार भएको मन्त्री चौधरीले जानकारी दिनुभयो । कर्मचारी समायोजनको लागि देवकोटाले पाँच नम्बर प्रदेश रोज्नुभएको थियो । प्रदेश मन्त्रालयको सचिव संघीय सरकारले नै तोक्ने व्यवस्था छ ।