
बुटवल, १९ बैशाख । टिप्परको ठक्करबाट बिहिबार बुटवलमा एक युवतीको ज्यान गएको छ । बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख १९०३ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार बुटवल १२ तामनगरकी १८ वर्षीय पुष्पा भण्डारीको ज्यान गएको हो । पुष्पा आफ्ना बुवा घनश्याम भण्डारीले चलाएको स्कुटीमा बुटवलदेखि तामनगर घरतर्फ जाँदै थिईन् । स्कुटी चालक घनश्याम भने सामान्य घाईते भएको पाँच नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने टिप्पर र टिप्परका चालक प्रहरी नियन्त्रणमा छन् ।