ट्राफिक प्रहरीको प्रदेशभर ‘ठाउँका ठाउँ सुधार’ अभियान चलिरहँदा सातजनाको मृत्यु

1.3K

ट्राफिक प्रहरीको प्रदेशभर ‘ठाउँका ठाउँ सुधार’ अभियान चलिरहँदा सातजनाको मृत्यु


खेमानन्द पाठक/बुटवल, १९ वैशाख । प्रदेश पाँचमा दुर्घटना न्युनिकरणका लागि ठाउँका ठाउँ सुधार प्रहरी अभियानका साथ संचालन गरिएको सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रमकै बिचमा दुर्घटना बढी हुदाँ मानिसको ज्यान जाने संख्यामा समेत वृद्धि भएको छ ।

प्रदेश पाँचको ट्राफिक प्रहरीले शनिवारदेखि सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रम शुरु गरेको हो । प्रदेश पाँचमा सवारी दुर्घटनाका कारण हाल प्रतिमहिना ४८ जनाको ज्यान जाने गरेको छ । यो संख्यालाई घटाएर ३० मा झार्ने प्रहरीको लक्ष्य छ । त्यस्तै मासिक ८७ वटा सवारी साधन प्रतिमहिना दुर्घटना हुने गरेको छ । यसलाई पनि घटाएर ५० मा झार्ने प्रहरीले लक्ष्य लिएको छ ।

तर सोही कार्यक्रम संचालन भएकै समयमा दुर्घटनाको दर बढन थालेको र मानव मुत्युको संख्या झन बढने संकेत देखिएको छ । कार्यक्रम संचालन भएपछि गुल्मीमा जिप दुर्घटनामा परि ५ जना, अर्घाखाँचीमा जिपदुर्घटनामा १ जना र विहिवार बुटवलमा टिप्परको ठक्करवाट एक जना गरि तिन दिनमा ७ जनाको मुत्य भएको प्रहरीले जनाएको छ ।

बुटवलको जितगढीमा विहिवार टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । टिप्परको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १८ वर्षीय पुष्पा भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनापछि आक्रोसित आफन्त तथा छिमेकीले तामनगरमा एक घण्टा सडक अबरुद्ध गरेका थिए । सडक बन्द हुँदा सवारी साधन आवागमनमा समस्या परेको थियो । ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन् ।