प्रदेश पाँच : ३८ विधेयक पारित, तेईस प्रमाणिकरण

1.3K

प्रदेश पाँच : ३८ विधेयक पारित, तेईस प्रमाणिकरण

बुटवल, २३ बैशाख । प्रदेश पाँचमा तेस्रो अधिवेशन सकिँदा सम्म ३८ वटा विधेयक पारित भएका छन् । प्रदेश पाँचको तेस्रो अधिवेशन आईतबार सकिएको हो । प्रदेशमा हालसम्म २३ वटा विधेयक प्रमाणिकरण भएका छन ।

प्रमाणिकरण भएका विधेयकहरुमा प्रदेश नं. ५, जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दाना पदार्थको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रशासकीय कार्यबिधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्रदेश सरकारको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणिकरण गरिसक्नु भएको छ ।

त्यस्तै प्रदेश सरकारको आर्थिक बर्ष २०७४÷७५ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण कार्यबिधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ सभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वित्त व्यवस्थापन ऐन २०७५, प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएका छन् ।

त्यसैगरी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सेवाका अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश नं. पाँच अन्तर्गतका स्थानीय तहका पदिधकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण भएका छन् ।

गत मंसिर २६ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा २७ वटा मितिमा २८ वटा बैठक बसिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराउनु भयो । प्रदेश सभाको पहिलो अभ्यास भएकाले काम कारवाहीमा जटिलतासंगै केही कमिकमजोरीका बिच पनि आधारभूत कामहरु भएको उहाँले दावी गर्नुभयो ।

प्रदेश सभामा अहिले विषयगत समिमितका कार्यालय, दलका कार्यालय, पुस्तकालय, अडियो भिडियो व्यबस्थित गर्ने लगायतका आधारभूत कामहरु पुरा भएको बताउँदै उहाँले सभाका कामलाई पूर्णता दिन अझै केही समय लाग्ने उहाँले बताउनु भयो । प्रदेश सभा सचिवालयमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभामुख कृष्णी थारुले प्रदेश सभा पहिलो अभ्यास भएपनि तुलनात्मक रुपमा धेरै काम भएको बताउनु भयो । प्रदेश संरचना अभाव, कर्मचारी अभावका बिच पनि प्रयाप्त काम भएको उहाँले बताउनु भएको हो ।

प्रदेश पाँच प्रदेश सभाबाट हालसम्म प्रशासकीय कार्यबिधि (नियमित गर्ने) सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक, दाना पदार्थ सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, भवन निर्माण कार्यलाई व्यबस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक पारित भएका छन् ।

त्यस्तै बिउ बिजन सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, औद्योगिक व्यबसाय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, तथ्यांक सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, खानी अन्वेषण र व्यबस्थापन सम्बन्धि बनेको विधेयक, सहकारी सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, प्रदेश प्रशारण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, मल व्यबस्थापन सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएका छन् ।

त्यसैगरी प्रदेश पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यबहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तरोन्नती गर्न बनेको विधेयक, प्रदेश पर्यटन सम्बन्धि व्यबस्था गर्न बनेको विधेयक, संघसंस्थाहरुको दर्ता सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक, खेलकुद सम्बन्धी व्यबस्था गर्न बनेको बिधेयक, गाउँ सभा÷नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक प्रदेश सभाबाट पारित भएका छन् ।

प्रदेश सभाबाट २३ वटा विधेयक पारित भएपनि प्रदेश प्रमुखले ८ वटा मात्रै विधेयक प्रमाणिकरण गर्नुभएको छ । प्रदेश सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पठाउन ढिला भएका कारण बाँकी १५ वटा बिधेयक प्रमाणिकरण हुन बाँकी छन् । बिधेयकमा संशोधन बढी हुने, कर्मचारी अभाव लगायतका कारण प्रदेश प्रमुखको कार्यालयमा पारित बिधेयक पठाउन ढिला भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताउनु भयो । उहाँले अवको केही हप्ता भित्रै सबै बिधेयक प्रमाणिकरणकालागि प्रदेश प्रमुखको कार्यालयमा पठाउने जानकारी गराउनु भयो ।