बुटवलव र काठमाण्डौमा सिद्धार्थ ईन्स्योरेन्सको शाखा बिस्तार

597

बुटवलव र काठमाण्डौमा सिद्धार्थ ईन्स्योरेन्सको शाखा बिस्तार

बुटवल, २४ बैशाख । बिमा कम्पनी सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडले एकैसाथ दुई शाखा सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीले काठमाण्डौको स्वयम्भु र बुटवलको ट्राफिकचोकमा एकैसाथ मंगलबार दुई शाखा बिस्तार गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रमकाबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ र नायव महाप्रवन्धक मुरारी रेग्मीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो भने बुटवल ट्राफिकचोक शाखाको प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवारले शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै उहाँले कम्पनीले हालसम्म मुलुकभर ७४ शाखा सञ्जाल मार्फ स्तरीय बिमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा सेवालाई अझै परिस्कृत गर्दै अंगाडी बढ्ने बताउनु भयो ।