आन्दोलन थप चर्काउने मधेसी मोर्चाको घोषणा

440

आन्दोलन थप चर्काउने मधेसी मोर्चाको घोषणा

m

काठमाडौं– तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनलाई थप शसक्त बनाउने घोषणा गरेको छ ।
हिजो सत्ता गठनबन्धनसँग भएको वार्ता विफल भएपछि आज संघीय समाजवादी फोरमको कार्यालयमा बसेको मोर्चाको संयुक्त बैठकले सो घोषणा गरेको हो ।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘ मधेसी आदीवासी, जनजाती, थारु, मुस्लिम, दलितलगायत सीमान्तकृत समुदायले उठाएका मुद्दाहरुलाई वार्ताद्वारा सम्बोधन गर्न सरकार एबम् तीन दल गम्भीर नरहेको हुँदा चालू आन्द्योलनलाई झनै बढी शसक्तरुपले जारी राख्दे निर्णय गरियो ।’

मोर्चा सम्बद्ध चार दलका अध्यक्षहरुको हस्ताक्षर रहेको विज्ञप्तीमा आन्दोलन चर्काउन याताायात बजार कलकारखाना बन्द गर्नुको साथै सीमानाका र राजमार्ग अबरुद्ध गर्ने कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख छ ।

यसैबीच मोर्चाले विद्यालय तथा क्याम्पसहरुलाई विहानको समयमा कक्षा सञ्चालन गर्ने गरि पठन पाठन सुचारु गर्ने दिने भएको छ । यसअघि मोर्चाले शैक्षिक संस्थाहरु समेत बन्द गराउँदा लाखौं विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित हुँदै आएका थिए ।

morcha-11