प्रजातान्त्रिक विचार समाज रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न

572

प्रजातान्त्रिक विचार समाज रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न

बुटवल /  प्रजातान्त्रिक विचार समाज रुपन्देहीको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न गरियो ।

अधिवेशनले पुनः रामराज पोख्रेलको सभापतित्वमा नयां कार्यसमिति चयन गरेको छ । जसको उपसभापतिमा कृष्णप्रसाद शर्मा, सचिव डिल्लीनारायण पाण्डेय, सहसचिव शिवलाल गौतम, कोषाध्यक्ष कल्पना तिवारी, सदस्यहरुमा गोविन्दप्रसाद मरासिनी, बिक्रम खड्का, डा. मोहनलाल तिवारी, दिपक रायमाझी, प्रकाशमणी खनाल, नरेन्द्र क्षत्री, अमित खनाल, गंगाराज सापकोटा, प्रविण गाहा र गोविन्द वस्नेत निर्वाचित भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधीहरुमा रामराज पोख्रेल, हरि लम्साल, विष्णु भुसाल, डिल्लीनारायण पाण्डेय र विक्रम खड्कालाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्सालले प्रजातान्त्रिक समाजले पार्टीलाई वैचारिक शक्ति प्रदान गर्न भुमिका खेल्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रध्यापक नुरजंग केसी, कृष्ण शर्मा, अमित खनाल, रामराज पोख्रेल, डिल्लीनारायण पाण्डेय, माधव घिमिरे, केशवराज पोख्रेल, विष्णु भुसाल लगायतले धारणा राख्नु भएको थियो ।