इन्टलेक्च्युअलमा विभिन्न क्लबहरु गठन

1.3K

इन्टलेक्च्युअलमा विभिन्न क्लबहरु गठन


बुटवल बैशाख २७ । इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ कालिकानगरमा विद्यार्थीहरुका विचमा विभिन्न समिति गठन गरिएको छ । विद्यार्थीमा भएका आन्तरिक प्रतिभालाई बाहिर ल्याउन सकियोस भन्ने उद्घेश्यले शैक्षिक सत्र २०७६ को लागी विद्यार्थी समितिहरु गठन गरि वर्षभरि अतिरिक्त क्रियाकलाप गराईने छ ।
शुक्रवार गठित बाल क्लवको अध्यक्षमा बवि गुरु¨, जुनियर रेडक्रस सर्कलको अध्यक्षमा एन्जीला पोख्रेलको नेतृत्वमा निर्वाचन मार्फत कार्यसमिति चयन भएका छन्् । त्यसै गरि विद्यालयको साहित्य तथा कला क्लबमा संयोजक,रामु गुप्ता , खेलकुद क्लबमा संयोजक, हर्षित थापा, वातावरणिय क्लबमा संयोजक आशिका क्षेत्री, विज्ञान तथा प्रविधि क्लबमा संयोजक, एन्जीला पोख्रेल, गणित क्लबमा संयोजक अनुजा खनाल, नृत्य र संगित क्लबमा संयोजक बवि गुरु¨, रहेका छन् । विद्यार्थीको नेत्रित्वमा गठित क्लबहरुले शिक्षकको समन्वयमा वर्षभरि अतिरिक्त क्रियाकलापहरु संचालन हुने विद्यालयका संयोजक राजु कु“वरले जानकारी दिनुभयो । समितिमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सम्मीलित छन् ।
त्यसैगरि शुक्रवारनै कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई सदनात्मक रुपमा विभाजन गरिएको छ । जसमा रातो सदनको सदन नेता सुसन थापा उपनेता संगिता पौडेल, निलो सदनको सदन नेता तारा नेपाली, उपनेता सुभम क“ुवर, पह“ेलो सदनको सदन नेता श्याम गुरु¨, उपनेता गरिमा थापा र सेतो सदनको सदन नेता सुलभ अधिकारी र उपनेता एलेक्स बज्राचार्य चयन भएका छन् ।