काठमाडौँ,/ नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको १३औँ महाधिवेशनलाई लक्षित गरी नीति तथा कार्यक्रमको खाका बनाउन प्रतिष्ठानका विषयगत समितिलाई क्रियाशील बनाउने भएको छ ।
आगामी महाधिवेशनमा प्रस्तुत हुने पार्टीको राजनीतिक, आर्थिक, सामाजिक, जलस्रोत, कृषि, वैदेशिकलगायत विभिन्न विषयमा नीतिगत आधार तय गर्न प्रतिष्ठानका सबै विषयगत समितिलाई क्रियाशील बनाउने भएको हो । प्रतिष्ठानका प्रमुख एवम् कार्यबाहक सभापति रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले नेपालको संविधानका मूलभूत विशेषताबारे आमजनतामा जानकारी गराउँदै मुलुकको वर्तमान सङ्कट र निकासका उपायबारे पनि देशका विभिन्न भागमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक एवम् काँग्रेस नेता मधु आचार्यका अनुसार संविधानका विशेषताबारे आम जनतामा जानकारी गराउँदै मुलुकमा हाल देखिएका समस्या समाधानको उपायबारे देशका विभिन्न सात भागमा अभिमुखीकरण कार्यक्रम गरिने बताउनुभयो । नेता आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रमको ठाउँ भने पछि तय गरिनेछ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यसअघि पार्टीको महाधिवेशन एवम् महासमिति सदस्य, जिल्लाका सभापति, सचिव, नगर सभापतिलाई विभिन्न समय र ठाउँमा प्रशिक्षण कार्यक्रम दिएको थियो । पार्टी सङ्गठन विस्तार, पार्टीको सिद्धान्त र राजनीतिक एवम् समसामयिक विषयमा पटक पटक प्रशिक्षका प्रशिक्षण कार्यक्रम पनि चलाएको थि