बुटवल, ४ बैशाख । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल भैरहवा सडकखण्डको कोटिहवामा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले निश्कृय बनाईदिएको छ । लुम्बिनीका बुद्धजयन्ति मनाईरहेका बेला नजिकै सिद्धार्थ राजमार्गमा विष्फोटक पदार्थजस्तै देखि शैकास्पद बस्तु फेला परेको थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले राजनीतिक प्रतिवन्ध लगाएपछि उसले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल पुगेका जिल्लामा बन्द गर्ने बताएको थियो । सोही अनुसार उक्त पार्टीले शनिबार रुपन्देही जिल्ला बन्दको आह्वान गरेको थियो । यसले पनि उक्त शंकास्पद बस्तु सोही पार्टीले राखेको हुन सक्ने आशंका गरिएको छ ।
बुद्धजयन्तीकै अघिल्लो दिन शुक्रबार राति रुपन्देहीका कञ्चन गाउँपालिकाको कञ्चन खोलामा कुकर बम विस्फोट भएको थियो । बुद्धजयन्तिकालागि प्रधानमन्त्री केपि ओली शुक्रबार नै लुम्बिनी आउनु भएको थियो । यससंगै लुम्बिनीको सुरक्षा व्यबस्था कडा पारिएको थियो ।